शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विपक्षी गठबन्धनका शीर्ष नेताको छलफल सकियो, के भयो निर्णय ?

मङ्गलबार, ११ जेठ २०७८, १६ : ५५
मङ्गलबार, ११ जेठ २०७८

विपक्षी गठबन्धनका ५ पाँच दलका शीर्ष नेताबीचको छलफल सकिएको छ । सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलबीच छलफल भएको हो ।

उनीहरुबीच सर्वोच्च अदालतमा दायर रिटपछि अपनाउनुपर्ने आगामी रणनीतिका विषयमा छलफल भएको बताइएको छ  । त्यस्तै छलफलमा कानुनी लडाइँबारे कसरी अघि बढ्ने र कतिपय सांसदहरुको ठेगानामा भएको त्रुटीलाई सच्चाउने विषयमा पनि छलफल भएको सहभागी काँग्रेस नेता रमेश लेखकले जानकारी दिए । 

पाँच दलका तर्फबाट सोमबार प्रतिनिधिसभा विघटन बदर र बहुमत भएकाले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग गर्दै १ सय ४९ सांसदले रिट दर्ता गरेका थिए । उनीहरुले यसअघि जेठ ७ गते ७६ (५) अनुसार प्रधानमन्त्री दाबी गर्दै राष्ट्रपति कार्यालयमा आधार पेश गरेपनि राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप