शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

दलको आड लिएर एनआरएनएमा उम्मेदवारी दिनेहरु पराजित

मङ्गलबार, ३१ असोज २०७४, १५ : १५
मङ्गलबार, ३१ असोज २०७४

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौं विश्व सम्मेलनले दलको आड लागेर उम्मेदवारी दिनेहरुलाई झट्का दिएको छ । उम्मेदवारीका क्रममै दलको नजिक भएकोले जित्नेमा विश्वस्त देखिएकाहरु पराजित भए । 

उम्मेदवारी घोषणाको क्रममा अध्यक्षकी प्रत्यासी जमुना गुरुङले कामको मुल्यांकन गरि मत पाउने विश्वास रहेको वताएकी थिइन् । 

उनले दलहरुले जस्तै गठवन्धन बनाउने पक्षमा आफू नरहेको वताएकी थिइन् । तर, उनलाई साथ दिने उम्मेदवारहरु कांग्रेस नजिकका थिए । पदाधिकारीमा उम्मेदवारी दिएका तीन वलिया उम्मेदवार गुरुङको पक्षमा थिए । तिनै जना पराजित भए । 

सोमबार अवेर आएको मत परिणाममा अध्यक्षमा भवन भट्टले १ हजार १ सय ९७ मत प्राप्त गरि विजय भए भने उनकी प्रतिद्धन्दी गुरुङले ५ सय ९४ मत प्राप्त गरिन् । 

जमुनालाई अध्यक्षमा भिडाउन व्याक फोर्स रहेका उपाध्यक्षका उम्मेदवार सोनाम लामा पराजित भए । महासचिवमा डा. बद्री केसी विजयी भए । केसीको प्रतिस्पर्धीमा उठेका नेपाली कांग्रेस नजिकका त्रिलोक गुरुङ पछि परे । अध्यक्षको प्रत्यासी  गुरुङको नजिक रहेकी साथै नेपाली कांग्रेस समर्थित निर्वतमान प्रवक्ता रञ्जु थापा पनि विजयी हुन सकिनन्। थापालाई महिलातर्फ उपाध्यक्षमा सोपिला राजभण्डारीले पछारिन् । 

पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेसको प्रवासी संगठनमा रहेको गर्व गर्दै जित्ने दावी गरेका जापान निवासी चिरञ्जीवी थापाले पनि उपाध्यक्षमा हार बेहारे । उनले सम्मेलनका अधिकांश प्रतिनिधीहरु कांग्रेस नजिक रहेको पनि भनेका  थिए ।

नेपालमा विद्यार्थी राजनिती गर्दै वेल्जियम पुगेर कांग्रेस नजिकको प्रवासी संगठन जनसम्पर्क समितीको दुई कार्यकाल वेल्जियमको अध्यक्ष रहेका गंगाधर गौतम युरोप संयोजकमा पराजित भए । 

अमेरिकाबाट उपाध्यक्षमा दुई जना भिड्दा दुवैले हार बेहारे । अमेरिकाबाट उपाध्यक्षमा उम्मेदवारी दिएका सोनाम लामा र खगेन्द्र क्षेत्री पराजित भए । 
मध्यपूर्व भने यसपटक भाग्यशाली रह्यो । अध्यक्षका प्रत्यासी टिवी कार्कीले उम्मेदवारी फिर्ता लिएपनि अन्य पदमा सुखद रह्रयो । सचिवमा डिवी कार्की निर्वाचित भए भने कोषाध्यक्षमा हिक्मत थापा चुनिए । 

अमेरिकाको एक क्षेत्रीय संयोजकमा गौरीराज जोशी निर्वाचित भए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप