गोलबजार नगरपालिकाद्वारा २५ बेडको कोभिड अस्पताल सञ्चालन
सिरहाको गोलबजार नगरपालिकाले निर्माण गरेको २५ बेडको अस्थायी कोभिड अस्पताल आजबाट सुचारु भएको छ । नगरपालिकाको एक करोड ३५ लाख लगानीमा निर्मित गोलबजार अस्पताललाई ‘अस्थायी कोभिड’ अस्पतालको रुपमा सञ्चालनमा ल्याएको हो ।
नगरपालिका प्रमुख देवनाथ साहले अस्पताल सञ्चालन भएपछि स्थानीय जनताले राहत पाउने आशा व्यक्त गरे । उनले अस्पताललाई आवश्यकता अनुसार सुविधासम्पन्न बनाउँदै लैजाने प्रतिबद्धता पनि जनाए ।
सोही क्रममा अस्पताल निर्माणका लागि निःशुल्क जग्गा दान गर्ने स्थानीय समाजसेवी तथा पूर्व प्रमुख जिल्ला अधिकारी ललितबहादुर थापालाई धन्यवाद ज्ञापन गरिएको थियो । समाजसेवी थापाले ट्रमा सेन्टर निर्माणका लागि करिव ४ करोड मूल्य बराबरको एक विगाह जमिन निःशुल्क दान गरेका हुन् । जिल्लामा पछिल्लो पटक कोभिड–१९ संक्रमणको दरमा निरन्तर कमी आएपनि महामारी नियन्त्रणमा अस्पताल सञ्चालनबाट राहत पुग्ने प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए । उनले जिल्लामा सङ्क्रमणदर घटेको हो की परीक्षण हुन नसकेको हो भन्ने अझै यकिन हुन नसकेको बताए । सोही क्रममा उनले नगरपालिकालाई प्रत्यक वडामा रहेका स्वास्थ्यसंस्थाहरुमार्फत् परीक्षणको दायरा बढाउन सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण