गोलबजार नगरपालिकाद्वारा २५ बेडको कोभिड अस्पताल सञ्चालन

सिरहाको गोलबजार नगरपालिकाले निर्माण गरेको २५ बेडको अस्थायी कोभिड अस्पताल आजबाट सुचारु भएको छ । नगरपालिकाको एक करोड ३५ लाख लगानीमा निर्मित गोलबजार अस्पताललाई ‘अस्थायी कोभिड’ अस्पतालको रुपमा सञ्चालनमा ल्याएको हो ।
नगरपालिका प्रमुख देवनाथ साहले अस्पताल सञ्चालन भएपछि स्थानीय जनताले राहत पाउने आशा व्यक्त गरे । उनले अस्पताललाई आवश्यकता अनुसार सुविधासम्पन्न बनाउँदै लैजाने प्रतिबद्धता पनि जनाए ।
सोही क्रममा अस्पताल निर्माणका लागि निःशुल्क जग्गा दान गर्ने स्थानीय समाजसेवी तथा पूर्व प्रमुख जिल्ला अधिकारी ललितबहादुर थापालाई धन्यवाद ज्ञापन गरिएको थियो । समाजसेवी थापाले ट्रमा सेन्टर निर्माणका लागि करिव ४ करोड मूल्य बराबरको एक विगाह जमिन निःशुल्क दान गरेका हुन् । जिल्लामा पछिल्लो पटक कोभिड–१९ संक्रमणको दरमा निरन्तर कमी आएपनि महामारी नियन्त्रणमा अस्पताल सञ्चालनबाट राहत पुग्ने प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए । उनले जिल्लामा सङ्क्रमणदर घटेको हो की परीक्षण हुन नसकेको हो भन्ने अझै यकिन हुन नसकेको बताए । सोही क्रममा उनले नगरपालिकालाई प्रत्यक वडामा रहेका स्वास्थ्यसंस्थाहरुमार्फत् परीक्षणको दायरा बढाउन सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको विरोधपछि प्रधानमन्त्रीको प्रश्नोत्तर गर्ने कार्यक्रम स्थगित (तस्बिरहरू)
-
केन्द्रमा बढ्यो खेलकुदको बजेट, प्रदेशमा कस्तो छ ?
-
बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका प्रतिवादी पक्राउ
-
भारत र इङ्ल्यान्डबिचको टेस्ट सिरिज आजबाट
-
कर्णालीले ७९ स्थानीय तहलाई दियो ४ अर्ब ५९ करोड, कुन पालिकालाई कति ?
-
नेपाली सूचीकृत कम्पनीमा अन्तर्राष्ट्रिय दिगोपना मापदण्ड भित्र्याउन नेप्सेको पहल