मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

पोचेटिन्होका लागि त्रिपक्षीय लडाइँ

सोमबार, १७ जेठ २०७८, १२ : ४३
सोमबार, १७ जेठ २०७८

पेरिस सेन्ट जर्मेनका म्यानेजर माउरिसियो पोचेटिन्होलाई अनुबन्ध गर्ने होडमा टोनटह्यामसँगै रियल म्याड्रिड पनि थपिएको छ । ४९ वर्षीय पोचेटिन्होले पीएसजी छाड्ने बारे सोचिरहेको र यसबारे क्लबसँग कुराकानी पनि गरिसकेको फ्रेन्च मिडियाहरूले जनाएका छन् ।

त्यसैले स्पर्सका पूर्व म्यानेजरलाई अनुबन्ध गर्न रियल म्याड्रिड पनि इच्छुक देखिएको छ । टोटनह्यामका अध्यक्ष डेनियल लेभीले पनि बर्खास्त गरेको १८ महिनामा नै पुनः पोचेटिन्होलाई नै पुन: अनुबन्ध गर्ने तयारी गरिरहेका छन् ।

ह्यारी केनलाई बिक्री नगरे मात्र पोचेटिन्हो स्पर्स फर्कने बताइएको छ र लेभी पनि पोचेटिन्होलाई देखाएर इङ्ल्याण्डका कप्तानलाई क्लबमा नै राख्न चाहन्छन् ।

यता, जिनेदिन जिदानले क्लब छाडेपछि रियलले पनि पोचेटिन्होलाई मनाउन सम्पूर्ण शक्ति लगाएको छ । रियलको अफरले पोचेटिन्होलाई उत्साहित बनाए पनि पीएसजीले पोचेटिन्होलाई क्लबमा नै राख्ने बताइरहेको छ । पीएसजी र रियलबीच राजनीतिक र ऐतिहासिकरुपमा ठूलो प्रतिद्वन्द्वीता रहेको छ ।

पोचेटिन्हो गत जनवरीमा पीएसजीमा आबद्ध भएका थिए । उनले त्यसयता टोलीलाई लिगको कप प्रतियोगिता जिताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप