नीति तथा कार्यक्रम
साइट क्लियर नभएका आयोजना अघि नबढाउने सरकारको घोषणा
मङ्गलबार, ०१ जेठ २०८१, १५ : ३९
काठमाडौँ । सरकारले अबदेखि तयारी पुरा भएका र प्रतिफल सुनिश्चित भएका आयोजनालाई मात्रै छनौट गर्ने भएको छ । कार्यान्वयनमा रहेका आयोजना तथा कार्यक्रमको पुनप्राथमिकिकरण गर्ने समेत सरकारको योजना रहेको छ ।
आगामी वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो नीति बनाएको हो । पहिचानपछि आयोजनालाई चाहिने बजेट विनियोजन गर्ने नीति सरकारले लिएको छ । यसबाहेक कार्यक्रमको प्रगतिका आधारमा स्थगन वा खारेजको नीति लिइने बताइएको छ ।
विकास कार्यक्रम तथा आयोजनाको अनुगमन सूचना प्रविधिमा आधारित र नतिजामूलक बनाइने बताइएको छ । यस्तै स्थानीय आयोजनाको अनुगमनका लागि जिल्ला समन्वय समितिलाई प्रभावकारी बनाइने छ ।
सार्वजनिक नीतिलाई तथ्य र प्रभावमा आधारित बनाएर अध्ययन अनुसन्धानसम्बन्धी राष्ट्रिय नीति र आचारसंहिता समेत सरकारले बनाउने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण