तेस्रो र चौथो लहरमा बालबालिका बढी संक्रमित हुनसक्ने : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो र चौथो लहरमा बालबालिका बढी संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सोअनुसार तयारी गर्न सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले आफ्नो स्वीकृत शैयाको कम्तिमा २० प्रतिशत शैया कोभिड–१९ संक्रमित बालबालिहरुको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न अनुरोध गरेको हो ।
महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘प्रथम लहर र दोस्रो लहर अत्याधिक मात्रामा प्रौढ र युवाहरु संक्रमित भएको हुँदा व्यवस्थापन सम्बन्धी तयारी प्रौढ र युवा लक्षित मात्र हुन पुगेको छ । दोस्रो लहर जस्तै पुनः तेस्रो, चौथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने अवस्थालाई मध्य नजर गर्दै आफ्नो स्वीकृति शैयाको कम्तिमा कम्तिमा २० प्रतिशत शैया कोभिड–१९ संक्रमित बालबालिहरुको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न अनुरोध छ । साथै वैकल्पिक अक्सिजनको व्यवस्थापन समेत गर्नुहुन अनुरोध छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७ प्रदेशका लागि १ खर्ब ५ अर्ब वित्तीय हस्तान्तरण : कुन प्रदेशले कति पाए ?
-
नक्कली भुटानी शरणार्थी प्रकरण : अपराधीलाई कारबाहीको माग गर्दै प्रदर्शन (तस्बिरहरु)
-
बजेटबाट कुन कुन व्यवसायले पाए कर छुट र मिनाहा ?
-
कांग्रेस नेतृ तथा पूर्वमन्त्री मीना पाण्डेको निधन
-
विषादी प्रयोग गरिएका आँप छ्यापछ्याप्ती
-
सन्दीप लामिछानेको मुद्दा आज पनि टुङ्गिएन