शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रोबर्ट लेवान्डोस्कीको पोल्यान्डले स्पेनलाई देला चुनौती ?

शनिबार, ०५ असार २०७८, १७ : १६
शनिबार, ०५ असार २०७८

युरोकपअन्तर्गत समूह ईको खेलमा मध्यराति १२ः४५ मा पोल्यान्ड र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल स्पेनको सेभियामा हुनेछ । 
सुरुवाती खेलमा स्लोभाकियासँग पराजित भएकाले पोल्यान्ड यस खेलमा केही दबाबमा हुनेछ । यता, स्पेन भने अधिकांश समय बल नियन्त्रणमा राखेर पनि स्विडेनसँग बराबरीमै रोकिएको थियो । के यस सिजन युरोपकै सर्वाधिक गोलकर्ता रहेका पोल्यान्डका रोबर्ट लेवान्डोस्की आजको खेलमा खरो उत्रनेछन् ? ७५ प्रतिशत बल नियन्त्रणमा राखेर विपक्षी विरुद्ध ८ सय ५२ वटा पास खेलेको स्पेनलाई उनले कसरी चुनौती दिनेछन् ? यस खेलले यी र यस्ता प्रश्नहरुको जवाफ दिनेछ । 

स्पेनमा अल्भारो मोराटालाई सुरुवातमै खेलाउने वा नखेलाउने भन्ने पनि टुंगो लागिसकेको छैन । पछिल्लो समय उनले राम्रो खेलेका छैनन् । तर, स्पेनमा ठूला प्रतियोगिताको समय स्टार खेलाडीलाई लिएर ठूलै बहस हुन्छ । लुईस अरागोनेसले राहुललाई हटाउँदा होस् वा डेभिड डि गियाले इकार कासियासको ठाउँ लिनुपर्छ भन्नेबार होस्, विगतमा पनि बहस चल्ने गरेको थियो । 

मिडफिल्डर जेघोस क्रिाहाउभियाक स्लोभाकियाको खेलमा रातो कार्ड खाएकाले आज अनुपस्थित हुनेछन् । कुनै समय सेभियाबाटै खेलेका यी खेलाडीको अभाव आज खड्कनसक्छ । पियोटर जिलेनस्कीले पनि आफ्नो उच्च लयलाई आजको खेलमा कायम राख्न जरुरी छ । स्पेनका जोर्डी अल्बा, कोके, पेड्रीलगायत खेलाडीहरुले आजको खेलमा महत्वपूर्ण भूमिका निभाउनसक्छन् । त्यस्तै, कोरोना संक्रमणको चपेटामा आएकाले पहिलो खेल गुमाएका कप्तान सर्जियो बुस्केट्स पनि अहिले कोरोनामुक्त भइसकेका छन् । त्यहीकारण, उनी आजको खेलमा सहभागी हुनका लागि सेभिया आइसकेका छन् । स्पेनले पछिल्ला ६ खेलमध्ये ३ खेल बराबरी खेलेको छ ।

यता,पोल्यान्डले ६ खेलमध्ये १ खेलमात्रै जितेको छ । उसले तीन खेल बराबरी खेलेको छ भने २ खेल हारेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप