केन्द्रीय संस्करण

पोर्न भिडियो निर्माण गरेको आरोपमा पक्राउ परेकी अभिनेत्री गहना रिहा

person explore access_timeअसार ६, २०७८ chat_bubble_outline0

पोर्न भिडियो निर्माण गरेको आरोपमा पक्राउ परेकी अभिनेत्री तथा मोडल गहना वशिष्ठ रिहा भएकी छन् । ५ महिना पहिले अर्थात ६ फेब्रुअरीमा गिरफ्तार भएकी गहना अहिले रिहा भएकी हुन् ।  उनलाई दिन्डोशी सेशन कोर्टले जमानत दिएको हो । 

कोरोना र लकडाउनले कोर्ट बन्द भएको कारण उनको जमानतमा ढिला भएको हो । उनी शुक्रबार रिहा भएको बताइएको छ ।

गहना स्ट्रगल अभिनेत्रीलाई कामको लोभ देखाएर पोर्न भिडियो छायाँकन गर्ने गर्दिनथिन् । उनी त्यसरी काम गर्दा एक फिल्मको १५ देखि २० हजार दिने गर्छिन् ।

पुलिस अधिकारीका अनुसार गहनालाई ६ फेब्रअरीमा गिरफ्तार गरेर ७ फेब्रअरीमा अदालतमा पेस गरिएको थियो । वशिष्ठले ८७ अश्लिल, पोर्न भिडियो बनाएकी छन् । त्यसलाई आफ्नो वेबसाइटमा अपलोड समेत गरेकी छन् । जुन हेर्न सदस्यताको आवश्यक पर्दछ । 

त्यो हेर्न उनको च्यानलको सदस्यता पनि लिनुपर्छ । त्यसका लागि दुई हजार रुपैया चार्ज राखिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.