बैतडीमा कोरोनाबाट थप एकको मृत्यु
बैतडीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । जिल्ला अस्पतालमा उपचाररत एक वृद्धको आज मृत्यु भएसँगै बैतडीमा मृतकको सङ्ख्या १८ पुगेको हो । दशरथचन्द नगरपालिका–५ का ८२ वर्षीय वृद्धको आज मृत्यु भएको जिल्ला अस्पताल बैतडीका प्रमुख वशन्तराज जोशीले जानकारी दिए ।
गएको जेठ २६ गते ती वृद्धमा कोरोना पुष्टि भई जिल्ला अस्पतालमा उपचार भईरहेको थियो । यसैबीच अहिले जिल्लामा दैनिक सङ्क्रमणदर घट्दै गएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ । जिल्लामा ६८ जना मात्रै सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य कार्यालयका सीआइसीटी सहजकर्ता बिनिता चौधरीले बताए ।
सक्रिय सङ्क्रमितमध्ये दशरथचन्द नगरपालिकामा १७, सुर्नया गाउँपालिकामा १४, दोगडाकेदार गाउँपालिकामा ११, पाटन नगरपालिकामा ११, र मेलौली नगरपालिकामा छ जना रहेका छन् ।
यस्तै पञ्चेश्वर गाउँपालिकामा चार, शिवनाथ गाउँपालिकामा चार, पुर्चौंडी नगरपालिका, डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकामा एक÷एक जना सक्रिय सङ्क्रमित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम उपनिर्वाचन : एमाले उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान
-
मन्त्री परिवर्तनको असर : पूर्वाधार विकास कार्यालय गौरमा तालाबन्दी
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?