शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जिप र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

आइतबार, ०५ कात्तिक २०७४, ०९ : २४
आइतबार, ०५ कात्तिक २०७४

जिप र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु



तनहुँ - तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सडकको घुम्तीमा शनिबार जिप र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दमौलीबाट पोखरा जाँदै गरेको ग १२ प २०२३ नं को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना २ च १५३९ नं को जिप ठोक्किँदा उनको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका नाम, थर, वतन नखुलेका ती मोटरसाइकल चालकको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको र जिप चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप