जिप र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु
आइतबार, ०५ कात्तिक २०७४, ०९ : २४
जिप र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु
तनहुँ - तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सडकको घुम्तीमा शनिबार जिप र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
दमौलीबाट पोखरा जाँदै गरेको ग १२ प २०२३ नं को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना २ च १५३९ नं को जिप ठोक्किँदा उनको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका नाम, थर, वतन नखुलेका ती मोटरसाइकल चालकको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको र जिप चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने
-
कर्मचारी ट्रेड युनियन खारेज गर्नेसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा
-
‘सर्वोच्चको आदेश पालना गर, उद्योगीलाई त्रसित नबनाऊ’ : उद्योग सङ्घ मकवानपुर
-
पहिराले कर्णाली करिडोर अवरुद्ध
-
पोखराको पर्यटन प्रवर्द्धन गरिँदै
-
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा सामूहिक गोलीकाण्ड, १२ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण