शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस सङ्क्रमणबाट दुई दिनमा तीन  व्यवसायीको मृत्यु

बिहीबार, १० असार २०७८, १२ : २८
बिहीबार, १० असार २०७८

कोरोनाभाइरस सङ्क्रमणबाट दुई दिनमा तीन व्यवसायीको मृत्यु भएको छ । बुधबार बिहान फिदिमका ५९ वर्षीय व्यवसायीको उपचारका क्रममा झापाको बिर्तासिटी अस्पतालमा र आज दुई व्यवसायीको उपचारका क्रममा झापामै मृत्यु भएको परिवारजनले जनाएका छन् । 

आज बिहान फिदिमकै ४४ वर्षीया व्यवसायीको मृत्यु भएको हो । 

केही दिनअघि कोरोनाभाइरस सङ्क्रमण भएकी ती महिलाको बिर्तासिटी अस्पतालमा उपचार भइरहेकामा आज मृत्यु भएको हो । 

यस्तै गत जेठ १७ गते कोरोनाभाइरस सङ्क्रमण पुष्टि भई झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत फिदिमका ५० वर्षीय व्यवसायीको समेत आज बिहान मृत्यु भएको छ । 

श्वासप्रश्वासमा समस्या रहेका उनको भेण्टिलेटरमा राखी उपचार भइरहेकामा आज उपचारकै क्रममा मृत्यु भएको परिवारजनले जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप