हरिसिद्धि नाच चलाउन २५ लाख सहयोग

person explore access_timeअसार १२, २०७८ chat_bubble_outline0

ललितपुर महानगरपालिकाले वडा नं १८ स्थित हरिसिद्धि भवानीदेवी नाच संरक्षणका लागि रु २५ लाख सहयोग गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज हरिसिद्धि त्रिशक्ति भवानी सेवा समितिका अध्यक्ष धनबहादुर महर्जनलाई रु २५ लाख मूल्य बराबरको चेक हस्तान्तरण गरे ।
 
कार्यक्रममा महर्जनले जात्रा, पर्व, नाच, मठमन्दिर आदि कला संस्कृतिको संरक्षण गर्न निकै जरुरी रहेकाले अक्षय कोष खडा गर्न सहयोग गरेको बताए । उनले भने, “सभ्य समाज निर्माणका लागि यस्ता वस्तुलाई जोगाइ राख्न अतिनै जरुरी रहेको हुँदा रकम सहयोग गरेका हाँै ।” यसैगरी शुक्रबार वडा नं २१ खोकनाको सिकाली नाच संरक्षण गर्न अक्षयकोष स्थापनाका लागि पनि रु २५ लाख नै सहयोग गरेको महर्जनले जानकारी गराए ।
 
अध्यक्ष महर्जनले अहिलेको समयमा परम्परा धान्न निकै गाह्रो हुँदै जाँदा कोषको रकमले आउँदा दिनका सजिलै अघि बढ्न सक्ने भनाइ राखेका थिए । महानगरपालिकाले पाटन दरबार परिसरमा हरेक वर्ष मनाइने कार्तिक नाचको अक्षय कोष स्थापना गर्न बितेको करिब ६ महिना अघि अर्थात् पौष २६ गते रु ५० लाख संरक्षण समितिका अध्यक्षलाई सहयोग गरेका थिए ।

नेपाल महात्मामा उल्लेख भएअनुसार हरिसिद्धि भवानी सत्य युगमा नै प्रकट भएकी हुन् । महात्माको २६औँ अध्यायमा स्वस्थानीका पात्र अगस्त्य मुनिले पाटनको कुम्भेश्वरको पूजा गरी हरिसिद्धि भवानीको दर्शन गरी दक्षिण दिशामा जानु भएको विषय उल्लेख छ । नेपाल भाषामा लेखिएअनुसार यो नाट्य कृति ९४१ अघीनै शुरु भएको हो । नेवारी संस्कृतिअनुसार भवानी जात्रामा तान्त्रिक विधिको प्रयोग गरी नृत्यमञ्चन वा जात्रा गर्ने गरिन्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।