केन्द्रीय कमिटी बैठकअघि ओलीलाई भेट्न बालुवाटार पुगे माधव पक्षका नेता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षका नेताहरुसँग शुक्रबार बालुवाटारमा छलफल गरेका छन् । पार्टीको केन्द्रीय कमिटीको १३ औँ बैठक बस्न अघि ओलीले माधव पक्षका तीन जना नेताहरुसँग आफ्नो निवासमा छलफल गरेका हुन् ।
स्रोतका अनुसार बैठकअघि माधव पक्षका नेताहरु भीम आचार्य, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे बालुवाटार पुगेका थिए । तीन जनाले अध्यक्ष ओलीलाई भेटेर आजको बैठक स्थगित गर्न आग्रह गरेका थिए । ‘अझै केही बितेको छैन । आज नै बैठक बस्नै पर्छ भन्ने पनि छैन । बैठकलाई रोकेर छलफल गरौँ,’ नेताहरुको ओलीलाई आग्रह थियो ।
तर, जवाफमा अध्यक्ष ओलीले आजको बैठक तय भएर नेताहरु बालुवाटार आइसकेकाले त्यसलाई स्थगित गर्नु उपयुक्त नहुने बताएका थिए । यद्यपि, माधव पक्षका नेताहरुको छलफललाई अगाडि बढाउनु पर्ने प्रस्तावमा भने ओलीले सकारात्मक जवाफ दिएको स्रोतको भनाइ छ ।
माधव पक्षका नेताहरुसँग छलफल भइरहँदा ईश्वर पोखरेल र सुवास नेम्वाङ पनि बालुवाटार पुगेका थिए । उनीहरु पनि छलफलमा सहभागी भएको स्रोतको भनाइ छ ।
माधव नेपाल पक्षको अनुपस्थितिबीच नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । शुक्रबार विहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भनिएपनि करिब एक घण्टा ढिला गरी बैठक शुरु भएको हो । आजको बैठकमा माधव नेपाल पक्ष भने सहभागी भएको छैन ।
पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले केन्द्रीय कमिटीको १३ औं बैठकमा पार्टीमा उत्पन्न अन्तरविरोध र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताए । गत फागुन २३ गते सर्वोच्च अदालतले नाम विवादमा नेकपा खारेजी गरि एमाले र माओवादी केन्द्र ब्युँत्याइ दिएपछि दोस्रो पटक केन्द्रीय कमिटी बैठक बसेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
