शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सिताराम डेरीको पनीर र लसी बजारमा

बिहीबार, ३१ असार २०७८, १८ : १९
बिहीबार, ३१ असार २०७८

सिताराम गोकुल मिल्क्स काठमाडौं प्रालिले सिताराम दुध उत्पादन र बिक्री वितरणको २५ बर्ष पुगेको अवसरमा बिभिन्न उत्पादनहरु बजारमा ल्याएको छ । सीताराम दुध नेपालको निजी क्षेत्रको सबैभन्दा ठुलो दुध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने डेरी हो । केडिया अर्गनाइजेसनको भागिनी संस्थाको रुपमा स्थापना भएको सीताराम गोकुल मिल्कस् काठमाडौं प्रा.लि.को उत्पादन कारखाना कीर्तिपुरको दूधपोखरीमा रहेको छ । 

सीताराम दु्ध आम नेपालीहरुले विगत २५ वर्षदेखि सेवन गर्दै आइरहेका छन् । आधुनिक प्रविधि सँगसँगै सीताराम गोकुल मिल्कस्ले आम नेपालीको भान्सामा आवश्यक पर्ने सीताराम दुध, सिताराम घिउ, पनिर बटर र चिनीसहित र चिनी रहितको दही, सितारमा फ्रेश मिल्क तथा लस्स्सी बजारमा बिक्री वितरणमा ल्याएको छ । एउटा दुग्ध उत्पादक डेरीको उत्पादन अब एउटै बास्केटमा आएको सिताराम डेरीका प्रबन्ध निर्देशक सुमित केडियाले बताए ।

‘हामीले आम ग्राहक महानुभावको सल्लाह र सुझाव बमोजिम सितारामका उत्पादनहरु बजारमा ल्याएका छौं र आम सर्वसाधरण सबैले सजिलै बिभिन्न डिपार्टमेन्टल स्टोर जस्तै भाटभटेनी, बिगमार्ट लगायत अन्य मार्ट तथा पसलहरुमा पाउनुहुनेछ भने सितारम डेरीको आफनै आउटलेट कुलेश्वरबाट समेत खरिद गर्न सक्नुहुनेछ । सितारमा दुध जहिले पनि आफनो गुणस्तर र आम ग्राहकहरुको स्वास्थ प्रति संवेदनशील रहेको छ र यस डेरीबाट उत्पादन हुने दुध तथा दुग्धजन्य पदार्थ सेवन ढुक्कका साथ गर्न सबैमा अनुरोध गर्दछु’ केडियाले भने । सिताराम गोकुल मिल्कस्को बजारमा उपलब्ध दही, पनीर, बटर, फ्रेश मिल्क तथा लसी रहेका छन् ।

सिताराम गोकुल मिल्कस काठमाडौं प्रा.लिले प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा हजारौ जनतालाई रोजगारी दिन सफल भएको छ विगत २५ बर्षदेखि । यतिमात्र होइन दुधले राम्रो आम्दानी गरी आर्थिक आय श्रृजनाको मुख्य श्रोत कृषि मध्येको गाईपालन हो भन्ने तथ्यलाई समेत प्रमाणित गर्न सफल भएको छ । किसानको गोठदेखि आम जनताको ओठसम्म सिताराम डेरीले दुध तथा यसबाट उत्पादित दुग्धजन्य पदार्थहरु पुरयाएको छ ।  

सिताराम गोकुल मिल्कस् काठमाडौं प्रालि २०५२ सालमा कीर्तिपुरको दूधपोखरीमा स्थापना भई सञ्चालन हुँदै आएको छ । सो कम्पनीले नवलपरासी, रुपन्देही, चितवन र काभ्रेपलाञ्चोक जिल्लामा २२ वटा दूध चिस्यान केन्द्र स्थापना गरेर जिल्लाका १५० दूध उत्पादक सहकारी संस्थाका साथसाथै लगभग २० निजी दूध व्यवसायीमार्फत नियमित दूध सङ्कलन गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप