चर्चित टेलिभिजन सिरियल ‘बालिका वधु’की अभिनेत्रीको निधन
भारतीय टेलिभिजन सिरियल ‘बालिका वधु’ की ‘दादी सा’ को कार्डियक अरेस्टका कारण निधन भएको छ । चर्चित अभिनेत्री सुरेखा सीकरीको ७५ वर्षको उमेरमा निधन भएको हो ।
फिल्म ‘बधाई’ पछि कुनै पनि ठूला प्रोजेक्टमा काम नगरेकी अभिनेत्री सीकरीले महाराष्ट्र सरकारसँग ६५ वर्षभन्दा बढी उमेरका कलाकारका लागि सुटिङ गर्न नरोक्न माग समेत गरेकी थिइन् ।
उनलाई सन् २०१८ मा ‘महाबलेश्वर’ को सुटिङका क्रममा मस्तिष्कघात भएको थियो । जसको कारण लडेर उनको निधारमा चोट समेत लागेको थियो । प्यारालाइसिस समेत भएकी उनी केही समयको उपचारपछि निको भएकी थिइन् ।
लकडाउनको समयमा फेरि उनलाई स्ट्रोक आएको हो । उनलाई केही समयदेखि आइसियुमा राखिएको थियो । उनको मस्तिष्कमा रगत जमेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
सुरेखाले भारतीय फिल्म क्षेत्रमा ५० वर्ष बिताइन् । युपीमा जन्मिएकी उनले सन् १९७१ बाट अभिनय यात्रा सुरु गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सर्वोच्च अदालतले बढायो ट्रम्पको अधिकार
-
भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त
-
इरानले गर्याे अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार
-
हार के हो ? नेदरल्यान्ड्सलाई सोध
-
लालपुर्जा र नेपाली नागरिकताको माग गर्दै सुस्तावासीको माइतीघरमा प्रदर्शन (फोटोफिचर)
-
‘रात्रिकालीन जीप सफारी’ ले सामुदायिक वनका उपभोक्तामा उत्साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण