शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अत्यधिक वर्षाका कारण युरोपमा बाढी, मृत्यु हुनेको संख्या १५३ पुग्यो

शनिबार, ०२ साउन २०७८, १४ : १९
शनिबार, ०२ साउन २०७८

अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनीमा १३३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । त्यसैसँगै यस प्रकोपबाट युरोप जम्मा १५३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । 
धेरै क्षति जर्मनीमा भएको छ भने बेल्जियममा  कम्तीमा २० जनाको मृत्यु हुनको साथै हराइरहेका मानिसहरूको सङ्ख्या बढी रहेको बताइएको छ ।  जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइने बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ  । यस प्रकोपबाट यहाँ ९० व्यक्तिको मृत्यु भएका बताइएको छ  ।  यस क्षेत्रमा यसअघि नै ४३ व्यक्तिको मृत्यु भएको राज्यका अधिकारीहरुले जानकारी दिएका थिए । 

नर्थ राइन वेस्ट फेलियाका प्रमुख आर्मिन लशेटले अति प्रभावित क्षेत्रमा पुगेका बेला मौसमको पराकाष्ठाको निम्ति जलवायु परिवर्तनलाई दोष दिनु भएको छ । –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप