शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य दुई दिनमा १४ सयले सस्तियो

बिहीबार, ०७ साउन २०७८, ११ : १९
बिहीबार, ०७ साउन २०७८

बिहीबार नेपाली बजारमा सुनको मूल्य थप ७०० रुपैयाँले घट्न पुगेको छ । गत बुधबार तोलामा ७०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार थप पुनः ७०० रुपैयाँले नै घट्दै ९१ हजार ८०० रुपैयाँमा झरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । 

तर, यता चाँदीको मूल्य भने गत हप्ता देखिको लगातार गिरावटको क्रम भङ्ग गर्दै बिहीबार प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै एक हजार २७० रुपैयाँमा उक्लिएको महासंघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप