‘प्रेम रतन धन पायो’ गीतकी गायिका पलकलाई मानार्थ डाक्टर उपाधि
बिहीबार, ०७ साउन २०७८, १८ : ४३
बलिउड गायिका पलक मुच्छल सुरिलो स्वरका कारण सबैको मन जित्न सफल छिन् । फ्यान उनका गीतलाई निकै रुचाउने गर्दछन् । अहिले फेरि यी गायिकाले ठुलो सफलता प्राप्त गरेकी छन् । अमेरिकाको विश्वविद्यालय युएसएले उनलाई मानार्थ डाक्टरको उपाधि दिएको छ । जसको जानकारी उनी आफैले सामाजिक सञ्जाल मार्फत केही तस्बिर सार्वजनिक गर्दै जानकारी गराएकी छन् । तस्बिरमा उनले सम्मान लिदै गरेको देख्न सकिन्छ ।
तस्विरका पोष्ट गर्दै उनले ‘ग्लोबल पिसका लागि अमेरिकन युनिभर्सिटी युएसएद्धारा मानार्थ डाक्टरको उपाधि प्राप्त भयो ।’ फ्यान उनको यो सफलतामा बधाई दिइरहेका छन् । पलकले बलिउडमा कयौं चर्चित गीत दिएकी छन् । जसमा ‘प्रेम रतन धन पायो’ ‘एक दो तीन’, ‘कौन तुझे’ लगायत रहेका छन् । गायनको अलवा पलक समाजसेवाका कारण समेत चिनिने गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सर्वोच्च अदालतले बढायो ट्रम्पको अधिकार
-
भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त
-
इरानले गर्याे अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार
-
हार के हो ? नेदरल्यान्ड्सलाई सोध
-
लालपुर्जा र नेपाली नागरिकताको माग गर्दै सुस्तावासीको माइतीघरमा प्रदर्शन (फोटोफिचर)
-
‘रात्रिकालीन जीप सफारी’ ले सामुदायिक वनका उपभोक्तामा उत्साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण