ओलम्पिक उद्घाटनका लागि रंगशालामा पुगे भिभिआइपी
शुक्रबार, ०८ साउन २०७८, १७ : २०
जापानी सम्राट नारुहितो, फ्रान्सका राष्ट्रपति इम्मानुयल माक्रोन, अमेरिकाकी फस्र्ट लेडी जिल बाइडेनलगायतका भिभिआइपीहरुको ओलम्पिक उद्घाटन समारोहमा सहभागी हुनका लागि टोकियोस्थित ओलम्पिक रंगशाला पुगेका छन् । केही बेरमै टोकियो ओलम्पिकको उद्घाटन सुरु हुँदैछ । सम्राट नारुहितोले १९६४ को टोकियो ओलम्पिकको उद्घाटन पनि रहेको थिए । तर, त्यतिबेला उनको उमेर केवल ४ वर्ष थियो ।
कोरोना भाइरस महामारीका कारण यसपटक दर्शक बिना नै ओलम्पिक खेलको उद्घाटन हुनेछ । ओलम्पिकका खेलहरु चलिरहँदा पनि दर्शकलाई रंगशालामा इन्ट्री हुनेछैन । ओलम्पिकसँग सम्बन्धित प्रतिनिधि र कर्मचारीले मात्रै रंगशालामा प्रवेश पाएका छैनन् । ओलम्पिकमा ३३ खेलका ३ सय ३९ इभेन्टस्मा प्रतिस्पर्धा हुँदैछ । विश्वभरका झन्डै ११ हजार खेलाडीले आफ्नो चुनौती पेश गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका मुख्यमन्त्रीलाई कर्मचारीको सुझाव: संघका कार्यालयलाई बजेट विनियोजन नगरौँ
-
आईपीएलमा आज : प्लेअफमा पुगिसकेको कोलकातालाई गुजरातको चुनौती
-
नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै
-
लेभरकुजनले बनायो अपराजित खेलको अर्धशतक
-
चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर
-
मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने