शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा ४२० जनामा कोरोना सङ्क्रमण, थप २ जनाको मृत्यु

शुक्रबार, ०८ साउन २०७८, १८ : १९
शुक्रबार, ०८ साउन २०७८

गण्डकी प्रदेशमा थप ४२० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार १७८ जनाको नमुना परीक्षण गरिएकामा ४२० जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित मध्ये १८९ महिला र २३१ जना पुरुष रहेका छन् ।

प्रदेशका ९ जिल्लामा गरिएको नमुना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै लमजुङमा सङ्क्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । 

उनका अनुसार कास्की १५७, बागलुङ ४६, स्याङ्जा ५०, म्यादी १९, पर्वत १६, गोरखा ५३, लमजुङ १४, तनहुँमा १२ र नवलपुरमा ५३ जनामा सङ्क्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या ६३ हजार ६१५ पुगेको छ ।

प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत २ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–२५की ७१ वर्षीय महिला र तनहुँ ब्यास –१ का ५९ वर्षीय कोरोना सङ्क्रमित पुरुषको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ४६ जना पुगेको छ।

प्रदेशमा पछिल्लो २४ घण्टामा ४१० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ५९ हजार ६३९ पुगेको छ ।  

त्यसै गरी गण्डकीमा सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ९३० जना पुगेको निर्देशनालयले जनाकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप