भदौभित्र महाधिवेशन नगरे वैधानिकता खारेज हुनसक्छ : रामचन्द्र पौडेल

person explore access_timeसाउन ८, २०७८ chat_bubble_outline0

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने काममा कटिबद्ध भएर लाग्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका छन् । भदौ १६–१९ भित्र महाधिवेशन सम्पन्न नगरे पार्टीको वैधानिकता खारेजतर्फ सचेत गराउँदै उनले त्यसमा कटिबद्ध भएर लाग्न पार्टी पंक्तिलाई अनुरोध गरेका हुन् । पार्टीका केन्द्रीय सदस्य गुरु घिमिरेद्वारा लिखित कविता संग्रह ‘मृत्युसँगको साक्षात्कार’को विमोचन गर्दै उनले समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीको वैधानिकता जोगाउन पार्टीको केन्द्रीय कार्य समितिको निर्वाचन र प्रदेश समितिको मात्रै निर्वाचन गराउन उपयुक्त हुने प्रस्ताव समेत अघि सारे ।

पार्टीको वैधानिकतालाई जोगाउन यसो गरेर अघि बढ्नु बाध्यकारी अवस्था रहेको वरिष्ठ नेता पौडेलको तर्क थियो । “हामी यत्रो ठूलो गौरवशाली पार्टीको दर्ता खारेज हुने रिस्क मोल्न तयार छैनौं । पार्टीको वैधानिकतालाई जोगाउनका लागि केन्द्रीय समितिको निर्वाचन र प्रदेश समितिको निर्वाचन गराऔं । यसका लागि तत्काल यो क्रियाशील सदस्यता टुंगो लगाऔँ । महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि चुनिनुपर्यो । यसो गरेर भएपनि हाम्रो पार्टीको वैधानिकता बचाउनका लागि कटिबद्ध भएर लाग्न पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्दछु ।”

वरिष्ठ नेता पौडेलले शुक्रबार (आज) बिहान बसेको पार्टीको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा र आफूले समेत तोकिएकै मितिमा पार्टीको १४ औं महाधिवेशन सम्पन्न गरेर जानुपर्नेमा जोड दिएको पनि स्मरण गराए । त्यसका लागि केन्द्रीय कार्य समिति र प्रदेश निर्वाचन समितिको मात्रै निर्वाचन गरेर महाधिवेशन सम्पन्न गर्न सकिने उनको प्रस्ताव छ । फरक प्रसंगमा वरिष्ठ नेता पौडेलले राजनीति र साहित्यलाई सँगै अघि बढाएर सफलता प्राप्त गर्न निकै ठूलो साधनाको आवश्यक्ता रहेको पनि बताए ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।