शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एन्फाका वरिष्ठ उपाध्यक्षमाथि आरोप लगाउँदै नेपालका फुटबल प्रशिक्षकद्वारा राजीनामा

आइतबार, १० साउन २०७८, १३ : १५
आइतबार, १० साउन २०७८

नेपाली फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा घोषणा गरेका हुन् । 

एन्फाका वरिष्ठ उपाध्यक्ष पङ्कज नेम्वाङका कारण राजीनामा घोषणा गर्न बाध्य बनाएको उनले बताएका छन् । ‘प्रिय नेपाली समर्थकहरू ... म एन्फाबाट राजीनामा गर्न गइरहेको छु र एन्फाका वरिष्ठ उपाध्यक्षका कारण राजीनामा गर्न गइरहेको छु । पछिल्ला तीन साता हरेक दिन उनले मसँग नाटक गरे । मलाई आशा छ, अब तपाई, पङ्कज नेम्वाङले खुसी महसुस गर्नु हुनेछ ।’

४ अप्रिल २०२१ मा  कुवेती नागरिक अल्मुताइरीले नेपाली फुटबल टिमको बागडोर सम्हालेका थिए । उनको प्रशिक्षणमा नेपाली टोलीले एसिया कप छनोटको तेस्रो स्थानमा स्थान बनाइसकेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप