कक्षा १२ का विद्यार्थीलाई कोरोना विरूद्धको खोप लगाउन समितिको सुझाव
बुधबार, १३ साउन २०७८, १३ : १४
संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ का ४ लाख हाराहारी विद्यार्थीलाई कोरोना बिरूद्दको खोप लगाउन सुझाव दिएको छ । बुधबार कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्ड बारे भएको छलफलमा समिति सभापति जयकुमारी घर्तीले कक्षा १२ को परीक्षा सहज रूपमा सञ्चालन गर्न खोपका लागि पहल गर्ने उल्लेख गरिन् ।
यही साउन ३१ देखि कक्षा १२ को परीक्षा सञ्चालन गर्न लागिएको सन्दर्भमा सम्भव भएसम्म विद्यार्थीलाई खोप लगाउन पहल गर्ने र परीक्षा दिन छुटेका विद्यार्थीलाई पुनः परीक्षा दिने ब्यवस्था गर्न निर्देशन दिइन् ।
उनले छलफलमा सहभागी शिक्षा मन्त्रालयका पदाधिकारीलाई यस्तो निर्देशन दिएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण