कक्षा १२ का विद्यार्थीलाई कोरोना विरूद्धको खोप लगाउन समितिको सुझाव
बुधबार, १३ साउन २०७८, १३ : १४
संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ का ४ लाख हाराहारी विद्यार्थीलाई कोरोना बिरूद्दको खोप लगाउन सुझाव दिएको छ । बुधबार कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्ड बारे भएको छलफलमा समिति सभापति जयकुमारी घर्तीले कक्षा १२ को परीक्षा सहज रूपमा सञ्चालन गर्न खोपका लागि पहल गर्ने उल्लेख गरिन् ।
यही साउन ३१ देखि कक्षा १२ को परीक्षा सञ्चालन गर्न लागिएको सन्दर्भमा सम्भव भएसम्म विद्यार्थीलाई खोप लगाउन पहल गर्ने र परीक्षा दिन छुटेका विद्यार्थीलाई पुनः परीक्षा दिने ब्यवस्था गर्न निर्देशन दिइन् ।
उनले छलफलमा सहभागी शिक्षा मन्त्रालयका पदाधिकारीलाई यस्तो निर्देशन दिएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने