न्यूयोर्कमा एक नेपाली युवकको मृत्यु
आइतबार, १७ साउन २०७८, ०८ : २५
विजय थापा । अमेरिकाको न्यूयोर्कमा एक नेपाली युवकको मृत्यु भएको छ ।
जुलाई २७ का दिन पर्वत जिल्ला घर भएका २८ वर्षीय विपिन लम्सालको उपचारको क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा मृत्यु भएको हो ।
५ बर्ष अगाडी मात्र अमेरिका आएका लम्साल अमेरिकाको न्यूयोर्क स्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका थिए ।
अचानक स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार उनलाई नजिकैको एल्महर्स्ट अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको गैर आवाशीय नेपाली संघ अमेरिकाको न्यूयोर्क शाखाका अध्यक्ष आङ्ग छिरिङ्ग शेर्पाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी जवानको हत्या आशङ्कामा ६ जना पक्राउ
-
अपराध न्यूनीकरणका लागि स्कुल पढाउने प्रहरी निरीक्षक फूलमाया
-
बुटवलमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु, २ घाइते
-
६ फिल्म फ्लप हुँदा सङ्कटमा टाइगर श्राफ
-
नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित
-
विश्व उच्च रक्तचाप दिवसको अवसरमा जनचेतनाका लागि नोवेलको प्रभातफेरी