शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मेडल नै मेडल : एम्माको नयाँ कीर्तिमान

आइतबार, १७ साउन २०७८, १६ : ४९
आइतबार, १७ साउन २०७८

अस्ट्रेलियाली पौडीबाज एम्मा म्याककियन एउटै ओलम्पिक प्रतियोगितामा ७ वटा पदक जित्ने पहिलो महिला खेलाडी बनेकी छन् । आइतबार थप दुईवटा स्वर्ण पदक जित्दै उनले सो कीर्तिमान बनाउन सफल भएकी हुन् ।

स्वीमिङ प्रतियोगिताको अन्तिम दिन ५० मिटर फ्रिस्टाइल जितेपछि उनले अस्ट्रेलियालाई ४ १०० मिटर मिड्ली रिलेमा स्वर्ण दिलाइन् । २७ वर्षीय म्याककियनले टोकियो ओलम्पिकमा चारवटा स्वर्ण पदक जित्न सफल रहिन् । यसमध्ये दुई वटा व्यक्तिगत र दुईवटा समूहगत रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप