टोकियो ओलम्पिक : ५१ पदकसहित चीन शीर्ष स्थानमा कायमै

person explore access_timeसाउन १७, २०७८ chat_bubble_outline0

जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ५१ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो ।  

चीनले हालसम्म २४ स्वर्ण, १४ रजत र १३ कास्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले २० स्वर्ण, २३ रजत र १६ कास्य पदक प्राप्त गरेको छ भने जापानले १७ स्वर्ण, पाँच रजत र नौ कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै अस्ट्रेलिया १४ स्वर्ण, तीन रजत र १४ कास्य पदक प्राप्त गर्दै चौंथो स्थानमा उक्लेको छ । 

यसैगरी रसियन ओलम्पिक कमिटी पदक तालिकाको पाँचौँ स्थानमा झरेको छ । उसले १२ स्वर्ण, १९ रजत र १३ कास्य पदक प्राप्त गरेको छ । बेलायत १० स्वर्ण, १० रजत र १२ कास्यसहित छैटौँ, फ्रान्स पाँच स्वर्ण, १० रजत र ६ कास्यका साथ सातौँ, दक्षिण कोरिया पाँच स्वर्ण, चार रजत र आठ कास्य जित्दै आठौँ, इटाली चार स्वर्ण, आठ रजत र १५ कास्यका साथ नवौँ तथा नेदरल्याण्ड चार स्वर्ण, सात रजत र ६ कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेभसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ७६ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।   

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए । सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंह तथा एथलेटिक्सकी सरस्वती चौधरीले आआफ्नो खेलमा प्रतिस्पर्धा गरेका थिए । पाँचै खेलाडी टोकियो ओलम्पिकबाट बाहिरिएका छन् । परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले एक सय मिटर फ्रि स्टाइल, सिंहले १०० मिटर फ्रि स्टाइल तथा चौधरीले एक सय मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।