सरकारको स्वस्थ आलोचना गर्नुहोस्ः अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्माले प्रेस स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकार साथै, स्वरोजगारमुलक मिडियाको रक्षाका लागि सबै सरोकारवालासँग छलफल गरी योजना ल्याउने बताएका छन् । सोमबार पत्रकार महासंघसँगको छलफलमा शर्माले निरन्तर सुधारको आन्दोलन आवश्यक रहेको भन्दै ऐन कानुन निर्माण, संस्थागत कमीकमजोरीको सुधार र कार्ययोजना निर्माणमा आवश्यक सुझाव दिन आग्रह गरे ।
उनले सत्यतथ्य सूचना सम्प्रेषणमा ध्यान दिन आग्रह गर्दै सरकारको स्वस्थ आलोचना गर्न समेत आग्रह गरे ।
महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले मन्त्री शर्मालाई कार्य सफलताको शुभकामना दिदै कोभिडले सञ्चार क्षेत्रमा धेरै ठुलो प्रभाव परेको भन्दै पत्रकारहरू पेशाबाट विमुख हुने अवस्था रहेको अवगत गराए ।
महासंघका महासचिव रोशन पुरीले कोभिडले श्रमजीवी पत्रकार तथा तिनका आश्रित परिवारलाई ठुलो मारमा पारेको भन्दै सरकारले त्यसको समाधानका लागि योजना ल्याउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास