शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेबिकोको ५७औं स्थापना दिवसको अवसरमा बालाजु र गौरीघाटमा फ्याक्ट्री आउटलेट संचालन

बिहीबार, २१ साउन २०७८, १६ : ५६
बिहीबार, २१ साउन २०७८

काठमाडौँ । नेबिको बिस्कुटले आफ्नो ५७औं स्थापना दिवस मनाएको छ । सन् १९६४ मा स्थापना भएको कम्पनीले स्थापना दिवसको अवसर पारेर काठमाडौंको बालाजु र गौरीघाटमा फ्याक्ट्री संचालनमा ल्याएको छ ।

कम्पनीले आफ्नो सेवालाई विस्तार गर्नका लागि नेबिको रिटेल्स प्राइभेट लिमिटेड मार्फत् काठमाडौंका बालाजु र गौरीघाट चोकमा दुईवटा फ्याक्ट्री आउटलेट संचालनमा ल्याएको छ । सो उद्घाटन नेबिको प्रालिका जेनेरल म्यानेजर केशव भट्टराई, कार्यकारी निर्देशक राजेश रौनियारले संयुक्त रुपमा गरेका हुन् ।

कम्पनीले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सोहि आउटलेटहरुबाट सेवा दिने जानकारी गराएको छ । ओपेनिङ छुट ३०% सम्म रहने पनि कम्पनीले जनाएको छ ।

यी फ्याक्ट्री आउटलेटमा नेबिको बिस्कुट, प्रिमियम कुकीज, चकलेट –क्यान्डि), मकैको फ्लेक्स (कर्न फ्लेक्स, चोकोस, ओट्स) आदिको बिक्री वितरण गरिरहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप