एनआरएन युरोप संयोजकमा कृष्ण तिमल्सिनाले उम्मेदवारी दिने
गैरआवासीय नेपाली संघ (एनआरएन) का युरोप क्षेत्रीय उपसंयोजक कृष्ण तिमल्सिना आगामी अक्टोबरमा हुने १० औं महाधिवेशनमा फेरि चुनावी मैदानमा खडा हुने भएका छन् । उनले युरोप क्षेत्रको संयोजक पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।
एनआरएनभित्र लोकप्रिय छवि बनाएका उनी नवौं महाधिवेशनमा लोकप्रिय मतका साथ युरोप क्षेत्रीय उपसंयोजकमा निर्वाचित भएका थिए । मिलनसार र सहयोगी भावका उनी सबैसँग मिलेर काम गर्ने एनआरएनका नेताका रुपमा चिनिन्छन् ।
सन् २००७ देखि एनआरएनमा आवद्ध बेलायत निवासी तिमल्सिनाले एनआरएन केन्द्रीय सदस्य (२०१५–०१७), संघको अल्पकालिन तथा दीर्घकालिन योजना तर्जुमा गर्ने महत्वपूर्ण समिति र लगानी प्रवर्धन सम्बन्धि समितिको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
गैरआवासीय नेपाली संघ, यूकेको सल्लाहकार (सन् २०१७) रहिसकेका उनी त्यसअघि गैरआवासीय नेपाली संघ, यूके उपाध्यक्ष (सन् २०१३–१५), गैरआवासीय नेपाली संघ, यूके कार्यसमिति सदस्य (सन् २०११–०१३) को भूमिकामा थिए । त्यस्तै उनी सन् २०१७ देखि २०१९ को कार्यकालका लागि अध्यक्ष प्रत्यासी समेत रहेका थिए।
एनआरएनका हालका अध्यक्षदेखि पूर्वअध्यक्ष र संस्थाका सबै अभियन्ताहरुसँग निकट सम्बन्ध रहेका उनको यूके र नेपालमा विभिन्न व्यवसायमा लगानी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शकिराको गीत ‘दाई दाई’ चर्चामा
-
बीपी राजमार्ग मुख्य सडक किनाराबाट यातायात सञ्चालनको तयारी
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण