ट्राफिक प्रहरीलाई आईजीपीको निर्देशन–‘शिष्ट र सभ्य व्यवहार गर्नु’
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी हेडक्वार्टरबाट भिडियो कन्फ्रेन्समार्फत देशभरका ट्राफिक कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन् । बुधवार महानगरीय ट्राफिक प्रहरी महाशाखा, प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरुलाई ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरणबारे क्षेत्रीले निर्देशन दिएका हुन् ।
ट्राफिक प्रहरी अधिकृतहरूलाई निर्देशन दिँदै क्षेत्रीले भने– ‘ट्राफिक व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीहरुले शिष्ट, सभ्य व्यवहार तथा आचरणमा व्यावसायिकता प्रदर्शन गर्दै पूर्ण पेशागत निष्ठाका साथ लाग्न जरुरी छ ।’ ट्राफिक व्यवस्थापनमा प्रविधिलाई जोड दिन जरुरी रहेको बताउँदै क्षेत्रीले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि मौलिक योजना तथा रणनीति तयार गरी अगाडि बढ्न निर्देशन दिएका छन् ।
‘ड्युटी गर्ने शिलशिलामा आफ्नो ज्यानको बारेमा सजग हुनुपर्छ’ प्रहरी महानिरीक्षक क्षेत्रीले भनेका छन्– ‘कार्यालय तथा सडकमा सम्पर्कमा आउने सेवाग्राहीहरुलाई प्रदान गरिने सेवा प्रवाहमा समानता र सेवाग्राही मैत्री व्यवहार कायम गर्नुस् ।’ आर्थिक पारदर्शिता र शून्य सहनशीलताको नीति अवलम्बन गर्न पनि आइजीपीले निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार १५ सम्म विद्यालय शिक्षा ऐन प्रतिनिधि सभाबाट पारित गर्नेगरी सरकार अघि बढेको छ: मन्त्री पन्त
-
बागलुङ जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
-
भारतले गण्डकीका ७ स्वास्थ्य संस्थालाई दियो एम्बुलेन्स
-
जसपा नेपालको नेवा: राष्ट्रिय समितिको प्रथम अधिवेशन सुरु
-
फेसबुके क्रान्तिले देश परिवर्तन हुँदैन : शिव परियार
-
इरान-इजरायल तनाव : चीनद्वारा इजरायलको निन्दा, इरानलाई अमेरिकाको चेतावनी