सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

शुक्रबार, ०४ भदौ २०७८, १० : ५३
शुक्रबार, ०४ भदौ २०७८

आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री मूल्य ११९.०९ रुपैयाँ तोकेको छ । यसैगरी, बैंकले आजका लागि डलरको बिक्री मूल्य ११८.४९ रुपैयाँ कायम भएको जानकारी दिएको छ । केन्द्रीय बैंकका अनुसार आज एक युरोको बिक्री मूल्य १३९.२६ र खरिद मूल्य १३८.५६ रुपैयाँ कायम भएको छ । यस्तै, एक पाउण्ड स्टर्लिङको बिक्री मूल्य १६३.०६ र खरिद मूल्य १६२.२४ रुपैयाँ तोकिएको छ ।

यसैगरी, साउदी अरबको रियालको बिक्री दर ३१.७५ र खरिद दर ३१.५९, कतारी रियालको बिक्री दर ३२.१९ र खरिद दर ३२.०२, संयुक्त अरब इमिरेट्स (युएई)को दिरामको बिक्री दर ३२.४२ र खरिद दर ३२.२६ तथा मलेसियाको रिगिंटको बिक्री दर २८.१० र खरिद दर २७.९६ रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप