कौसी थिएटरमा ‘गिल्टी अर नट गिल्टी’
काठमाडौँ । टेकुस्थित कौसी थिएटरमा नाटक ‘गिल्टी अर नट गिल्टी’ नियमित मञ्चन भइरहेको छ । नाटक गत ३ गतेदेखि नियमित मञ्चन सुरु भएको हो ।
नाटक रसियन–अमेरिकन लेखक अयन र्यान्डको नाटक ‘अन द नाइट अफ जनवरी सिक्सटिन्थ’मा आधारित छ । नाटक राजकमल फकिरको निर्देशन तथा डिजाइनमा तयार भएको हो । नेपालीकरण गरिएको यो नाटकले अग्रवाल इन्भेस्टमेन्ट भेन्चरका सञ्चालक राधेश्याम अग्रवाल पात्रको १९औँ तलाबाट खसेर मृत्यु भएपछि घटना हत्या हो कि आत्महत्या हो भन्ने विषयको अदालती बहस गर्नेछ ।
रहस्य र थ्रीलर जनरामा बनेको नाटकमा विजय ताम्राकार, आभास अधिकारी, समापिका गौतम, वासना तिमल्सिना, रुपेश लामा, सागर दाहाल, जेम्स ढकाल, अशोक गौतम, नवीन चन्द्र अर्याल, अरुण पौडेल, सुष्मा निरौला, मनिष ब्यन्जु, सदिन लुइँटेल, रौनक कार्की, विजया पौडेल, इशा सिजाली लगायत कलाकारको अभिनय रहनेछ ।
फकिर ड्रिमको प्रस्तुति रहेको नाटकमा ध्वनि संयोजन नरेश गजुरेलको रहनेछ भने प्रकाश व्यवस्थापन आशान्त शर्माको रहनेछ । नाटक मंगलबारबाहेक साताको प्रत्येक दिन बेलुका ५ः३० बजे र शनिबार दिउँसो १ बजेको अतिरिक्त शो हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण