‘शिरफूल’ ७ असारमा प्रदर्शनमा आउने
काठमाडौँ । कमल एक्चै मगरको निर्देशन रहेको फिल्म ‘शिरफूल’ असार ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले असारमा फिल्मको अभाव देखेपछि फिल्मको रिलिज तोकेको हो ।
‘शिरफूल’ आदिवासी जनजाति महिलाहरुले लगाउने एक प्रकारको सुनको गहना हो । नारीले शिरमा लाउने, फूलका आकार हुने भएकाले ‘शिरफूल’ भनिएको हो । नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रूपमा लिने चलन छ । फिल्मले पनि छोरीलाई बिम्बको रूपमा बुझाउन खोजेको निर्देशक मगर बताउँछन् । फिल्ममा आधुनिकताको प्रभावसँगै युवापुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई पनि चित्रण गर्ने प्रयास गरिएको छ ।
फिल्ममा रुपा राना, राज थापा, देवराज आले, विनीता थापा, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरुङ, निता पुन, किरण मगरलगायतको अभिनय छ ।
हरि लम्साल र देवराज आले मगरको संगीत, देवराज आले मगरको कथा, निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म आशीर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानीमा बनेको हो । फिल्मको पटकथा संवाद राज थापा र राजु युगिनले लेखेका हुन् ।
अभिनेत्री मरिस्का पोखरेलको विशेष भूमिका रहेको आर आर फिल्मसले वितरण गर्दैछ । निर्देशक कमलको यसअघि फिल्म ‘डेसान’ प्रदर्शनमा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराई नजिक मनसुनको न्यून चापीय रेखा : तीन प्रदेशमा भारी वर्षाको चेतावनी
-
आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै
-
सोमबार कुन राशिको भाग्यको कस्तो ? हेर्नुहोस् राशिफल
-
कालोपत्रपछि बर्खायाममा सहज बन्यो दोर्दीको केन्द्र जोड्ने सडक
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण