शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भदौ १२ र १३ मा हुने वाइसीएल भेलाको तयारी पुरा

बिहीबार, १० भदौ २०७८, २० : ५०
बिहीबार, १० भदौ २०७८

भदौ १२ र १३ मा हुने योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपालको राष्ट्रिय भेलाको सबै तयारी पुरा भएको छ । वाइसीएलले बिहीबार पेरिसडाँडामा पत्रकार सम्मेलन गरी राष्ट्रिय भेलाको तयारी पुरा भएको जनाएको हो । ‘उत्पादन, स्वरोजगार र आत्मनिर्भरताका लागि समाजवादको बाटोमा अघि बढौं ! सुदृढ संगठन र परिवर्तनलाई संस्थागत गर्न वाइसिएल नेपालको राष्ट्रिय भेला सफल पारौँ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको भेलाका सबै तयारी पूरा भएको अध्यक्ष रामप्रसाद सापकोटा दीपशीखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भर्चुअल माध्यमबाट गरिने भेलाको उद्घाटन सत्रलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विशेष सम्वोधन गर्ने सो संगठनले जनाएको छ । ६४७ जना प्रतिनिधि एवम् पर्यवेक्षकहरूको सहभागितामा सम्पन्न हुने राष्ट्रिय भेलामा सातवटै प्रदेशका प्रतिनिधि/पर्यवेक्षकहरु आफ्नो प्रदेशको मुकाममा भेला हुनेछन् ।

भेलामा उद्घाटन र बन्द सत्र गरी दुई सत्र रहनेछन् । बन्द सत्रमा संगठनको विगतको समीक्षा, वर्तमानको अवस्था र भविष्यको कार्यदिशा एवं कार्ययोजनाबारे गम्भीर बहस गरी ठोस कार्यदिशाको संश्लेषणमा हुने बताइएको छ ।
साथै  भेलामा संगठनको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, नयाँ नेतृत्व र कार्यसमितिको निर्वाचन लगायतका एजेण्डामा छलफल हुनेछ ।

भेलाबाट संगठनका सबै डाटाहरूलाई डिजिटलाइज गर्ने, सदस्यता प्रणालीसमेत अनलाइन विधिबाट आवेदन तथा प्राप्त गर्ने गरी व्यवस्था मिलाएको वाइसीएलले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप