बेलायतमा फेरि बढ्दै सङ्क्रमण, एकै दिन ३८ हजार बढी सङ्क्रमित
बेलायतमा कोरोना सङ्क्रमण दर फेरी बढ्न थालेको छ । बेलायतका चारवटै राज्यहरूमा सङ्क्रमण दर बढेको राष्ट्रिय तथ्याङ्कको कार्यालयको पछिल्लो अध्ययनले देखाएको हो । हुन त बेलायतमा पछिल्ला दिनहरूमा दैनिक सङ्क्रमण दर २५ हजारको हाराहारीमा रहँदै आएको छ । यूकेमा ८० जनामा गरिएको कोरोना परीक्षणमा एक जना सङ्क्रमित हुने गरेको तथ्य सार्वजनिक भएको छ ।
नर्दर्न आयरल्यान्डमा ४० जनामध्ये एक जनामा, इंग्ल्याण्डमा ७० जनामध्ये एक जनामा, वेल्समा १२० जनामध्ये एक जनामा र स्कटल्यान्डमा १४० मध्ये एक जनामा एक जनामा कोरोना पोजेटिभ देखिएको राष्ट्रिय तथ्याङ्क को कार्यालयले जनाएको छ ।
बेलायतमा पछिल्लो २४ घण्टामा ३८ हजार भन्दा बढी नयाँ सङ्क्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयर’ ले जनाएको छ । यससँगै बेलायतमा सङ्क्रमित हुनेको कुल सङ्ख्या ६६ लाख ६६ हजार ३९९ पुगेको छ ।
यसै गरी कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा थप १०० जनाको मृत्यु भएको छ । अघिल्लो दिन १४० जना सङ्क्रमितको मृत्यु भएको थियो । बेलायतमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक लाख ३२ हजार २४३ पुगेको छ ।
यसै गरी बेलायतमा हालसम्म कोरोनाविरुद्धको ९ करोड २ लाख ९५ हजार भन्दा बढी डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ७९ लाख १५ हजार ७६८ जनाले खोपको पहिलो डोज र चार करोड २३ लाख ७९ हजार ३५३ जनाले खोपको दुवै डोज लगाइसकेको ‘डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयर’ को तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शकिराको गीत ‘दाई दाई’ चर्चामा
-
बीपी राजमार्ग मुख्य सडक किनाराबाट यातायात सञ्चालनको तयारी
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण