नेपालीले खोले अमेरिकामा टिभी
नेपाली मिडियाकर्मीहरुको पहलमा अमेरिकामा टिभी सन्डेको उद्घाटन भएको छ । आइतबार न्यूयोर्कमा दक्षिण एसियाली र अमेरिकी समुदायलाई अमेरिकी मूलधारसँग निकट गराउने उदेश्यले टिभी सन्डेको उद्घाटन भएको हो ।
टिभी सन्डेको मुख्य कार्यालय न्यूर्योकको फोरेष्ट हिलटावरमा रहेको छ भने यसका शाखा कार्यालयहरु लण्डन, दोहा, मेलबर्न र काठमाडौँमा रहेका छन् ।
टिभीमा सुरुवाती चरणमा दैनिक २ घण्टा कार्यक्रम प्रशारण गरिने टिभीका प्रधान सम्पादक तथा प्रस्तोता किरण मरहठ्ठाले जानकारी दिए । उनले समय क्रमसँगै टिभीको समयसीमा बढाउने जानकारी दिए । अहिले वेभ स्टिमीङमार्फत टिभी प्रशारण हुने र विस्तारै केबुलमार्फत प्रशारण गरिने लक्ष्य रहेको मरहठ्ठाले बताए ।
न्यूर्योक डिष्टिक ३८ का एसेम्बलीवेमेन जेनिफर राजकुमारले टिभी सन्डेले अमेरिकाका मुलधारका सञ्चारमाध्यम सरह सफलता पाउने कुरामा आफू विश्वस्त रहेको र यसका लागी आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु