महाधिवेशनको मुखमा काँग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माद्वारा राजीनामा
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माले दुबै पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । महाधिवेशन प्रतिनिधि चयनमा दलितलाई उचित स्थान नदिएको प्रति असन्तुष्टि जनाउँदै उनले महाधिवेशनको मुखमा पदबाट राजीनामाको घोषणा गरेका हुन् ।
पार्टीको निर्वाचन निर्देशिकाले उपत्यकालगायत देशभरका दलित समूदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णत निषेध गर्ने देखिएको सभापति शेरबहादुर देउवालाई बुझाएको राजीनामा पत्रमा उल्लेख छ ।
‘षड्यन्त्र मुलक ढंगबाट दलित समूदायलाई अपमान र अन्याय हुने गरी लागू गरिने निर्वाचन निर्देशिका नेपाल दलित संघका लागि मान्य हुन सक्दैन’ उनको राजीनामा पत्रमा भनिएको छ, ‘यो प्रवृत्तिले नेपाली काँग्रेस पार्टीमा दलित समूदायको सहभागिता केही समय पश्चात नै शून्य हुने देख्दा देख्दै पनि यस पार्टीको म एक जिम्मेवार सदस्य र पार्टीको भ्रातृ संस्था दलित संघको अध्यक्ष हुनुको नाताले यस्तो त्रुटिपूर्ण, अव्यवहारिक एवम् अन्यायपूर्ण नीति नियम लागू हुँदा टुलुटुलु हेरेर बस्न नैतिक रुपले नमिल्ने र नसक्ने भएकाले दुबै पदबाट आजैदेखि लागू हुनेगरी राजीनामा गरेको छु ।’
उनले पार्टीको सिद्धान्त, नीति र आदर्शप्रति भने प्रतिबद्ध रही न्याय, समानता र स्वतन्त्रताका लागि सदैव लडिरहने प्रण गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण