शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारीबारे के–के उल्लेख छ कांग्रेसको घोषणापत्रमा ?

मङ्गलबार, १४ कात्तिक २०७४, १२ : ०७
मङ्गलबार, १४ कात्तिक २०७४

काठमाडौं– मंसिर १० र २१ मा हुन गईरहेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले सार्वजनिक गरेको घोषणा पत्रमा युवाहरुलाई मर्यादित रोजगारी उपलब्ध गराउने उल्लेख गरेको छ । 

नयाँ काम गर्ने जाँगर ,नयाँ प्रविधि सिक्ने उत्साह ,जोखिम मोल्ने साहस र इमान्दारिताको युवा जनशक्तिलाई उपयोग गर्दै नेपाली कांग्रेसले राष्ट्रिय पुर्नजागरणको नयाँ युग निर्माण गर्ने वताएको छ ।

नेपाल युवाहरुको देश भएको जनाउंदै नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रमा वैदेशिक रोजगारीले जीवन निर्वाहका लागि केहि अवसर प्रदान गरे  पनि बढ्दो परनिर्भरता ,पारिवारिक द्धेष र सामाजीक वेतिथी बढेको उल्लेख छ । ‘आन्तरिक रोजगारी प्रवद्र्धन र वैदेशिक रोजगारी व्यवस्थापनमा सरकारले गम्भिर पहल गर्नुपर्ने अवस्था आएको कांग्रसको निष्कर्ष छ ।’ घोषणापत्रमा भनिएको छ । 

कृषि ,पर्यटन र सम्पदा संरक्षण, उद्योग सहकारी ,प्रविधी जस्ता उद्यमीलाई नितिगतसँगै निश्चित मात्रामा अनुदान उपलब्ध गराउने उल्लेख गरिएको छ । साथै लगानी वृद्धि गरि गाँउमा रहेका युवाहरुलाई स्थानीय तहमा रोजगारी सिर्जना गरि उत्पादनमुलक कार्यमा संम्लग्न गराउन स्थानीय सरकारलाई प्रोत्साहित गरिने घोषणापत्रमा उल्लेख गरिएको छ । 

युवाहरुलाई वेरोजगार भत्ता प्रदान गर्दा युवाहरुको निष्क्रियता बढ्ने कारणले वेरोजगार भत्ता दिनुहुँदैन भन्ने आवाज उठिरहेको वेलामा नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा ‘उपयुक्त रोजगारी उपलब्ध नहँदासम्म  सामुदायिक सेवा र विकासमा गराई वेरोजगार भत्ता उपलब्ध गराइने’ उल्लेख गरेको छ  । 

एक परिवार –एक रोजगार ,युवाको लक्ष्य –सीप र दक्ष निती तथा कार्यक्रमलाई अभियानका रुपमा संचालन गर्ने जारी घोषणापत्रमा वताइएको छ । गाँउ ,नगर तथा डायस्पोराका युवाहरुलाई प्रोत्साहन दिई उद्यमशिलता र स्वरोजगारीको प्रवद्र्धन गर्न ‘युवा उद्यम चुनौती कोष ’ संचालन गर्ने जनाइएको छ । नवीन सोंच भएका १६ देखि ४५ वर्षसम्मका युवाहरु लक्षित सहुलियतपूर्ण वित्तीय कार्यक्रम ल्याउने घोषणापत्रमा उल्लेख गरिएको छ ।

स्नातक पास गरेका वेरोजगार युवाहरुलाई स्थानीय तहमा सामुदायिक स्वयंसेवा गरेवापत दुई वर्षसम्म वेरोजगार भत्ता उपलब्ध गराउने नेपाली कांग्रेसको जारी घोषणापत्रमा उल्लेख छ । 

वैदेशिक रोजगारबाट फर्केका युवाहरुको दक्षता, सीप उत्पादनमुलक क्षेत्रमा प्रयोग गरिने उल्लेख छ । भविष्यमा पेन्सन सरहको लाभांश प्रदान गर्ने गरि रेमिट हाइड्रो ,रेमिट पुर्वाधार वैंक र रेमिट आवास लगायतका नविन आयोजनाहरु ल्याइने उल्लेख छ । 

स्वदेशमै रोजगारी सिर्जना गरि वेरोजगार युवाहरुका समस्या हटाइने घोषणा पत्रमा उल्लेख गरिएको छ । युवाहरुलाई दक्ष वनाउन व्यापक लगानी गरि स्वदेशमै रोजगारी सिर्जना गर्ने कांग्रेसले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप