मध्य प्रदेश : गाउँका मुखियालाई गधा चढाएर आर्यघाट पठाइयो
मध्य प्रदेशको रतलाम जिल्लामा पानी नपरेपछि गाउँलेहरू चिन्तित छन् । यहीबीच नामली गाउँका स्थानीयहरुले एउटा अनौठो हर्कत गरेका छन् । उनीहरूले इन्द्र देवलाई मनाउनका लागि गाउँका मुखियालाई गधामा चढाएर आर्यघाट घुमाएका छन् ।
यहाँको परम्पराअनुसार पानी नपर्दा देवी–देवताहरूलाई खुसी पार्नका लागि गाउँका मुखियाले आर्यघाटसम्म गधामा सवारी गर्छन् । त्यसपछि देवी–देवताहरूको पूजा गर्दा राम्रोसँग वर्षा हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।
यही मान्यताअनुसार यहाँ गाउँका मुखिया आत्माराम पटेललाई गधामा चढाइएको हो । बाजा–गाजासहित उनको सवारी अघि बढाइएको थियो । पुरानो जमानामा पानी नपर्दा गाउँका राजा वा पटेल गधामा बसेर मुक्तिधाम जाने गर्दथे । अहिले गाउँका सरपञ्च वा पटेल नै गाउँका मुखिया हुन्छन् ।
मनसुन सुरु भएदेखि नै यहाँ बादल लाग्ने क्रम जारी छ । तर, पानी मज्जाले परेको छैन । त्यही कारण भटमास खेतीमा क्षति पुग्नसक्ने कृषकहरूको चिन्ता छ । पछिल्ला १५ दिनदेखि राम्रोसँग पानी परेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण