गैरआवासीयलाई नेपालीलाई नागरिकता दिलाउन पहल गर्छु : उपाध्यक्ष डा. केसी
गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी डा. बद्री केसीले गैरआवासीय नेपालीहरुको आर्थिक तथा बौद्धिक लगानी नेपाल भित्र्याउने र गैरआवासीयलाई नेपालीलाई नागरिकता दिने विषय कार्यान्वयनका लागि आफूले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेको बताएका छन् ।
एनआरएनएको दशौं महाधिवेशनको अवसरमा ‘राष्ट्रको लागि अन्तर्राष्ट्रिय युवा बहस’ कार्यक्रममा बोल्दै केसीले एनआरएनएका मुद्दाहरु कार्यान्वयनमा ल्याउनका लागि पनि नेतृत्वमा आफ्नो विकल्प नभएको दाबी गरे । ‘१० अर्बको संयुक्त लगानी कोषलाई मूर्तरुप दिन र विदेशमा रहेका नेपालीको बौद्धिक लगानी नेपालमा पुर्याउनका लागि म प्रतिवद्ध छु,’ डा. केसीले भने, ‘त्यसैका लागि पनि मैले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको हुँ।’
विदेशमा बस्ने नेपालीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गराउनका लागि आफूले पहल गर्ने केसीको भनाइ। एनआरएनएमा स्थापनाकालदेखि नै आवद्ध केसी सन् २००७ मा एनआरएनए रुसको महासचिवमा निर्विरोध निर्वाचित भएका थिए।
त्यसपछि उनी २००९ र २०११ मा केन्द्रीय सदस्य भएका थिए भने सन् २०१३ मा कोषाध्यक्ष भए। २०१४ मा जापानको टोकियोमा भएको सम्मेलनमा एनआरएनएको आर्थिक व्यवस्थापनका लागि डा. केसीले दश वर्षे योजना ल्याएका थिए।
सन् २०१५ मा महासचिव बनेका केसीको सक्रियता र पहलमा ३० वटा देशमा संगठन विस्तार भएको थियो। २०१९ सम्म दुई कार्यकाल महासचिव बनेका केसी त्यसयता उपाध्यक्षका रुपमा सक्रिय छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शकिराको गीत ‘दाई दाई’ चर्चामा
-
बीपी राजमार्ग मुख्य सडक किनाराबाट यातायात सञ्चालनको तयारी
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण