शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सोमबार, २१ भदौ २०७८, १० : ५७
सोमबार, २१ भदौ २०७८

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । केन्द्रीय विभागले आजका लागि एक अमेरिकी डलरको बिक्री दर ११७.१४ रुपैयाँ तोकेको छ । यसैगरी, डलरको खरिद मूल्य ११६.५४ रुपैयाँ कायम भएको बैंकले जनाएको छ ।

यसैगरी, आज एक युरोको बिक्री १३९.२० रुपैयाँमा भइरहँदा खरिद १३८.४८ रुपैयाँ, पाउण्डको बिक्री १६२.४३ र खरिद १६१.६० रुपैयाँमा भइरहेको छ । यता एसियन मुलुकतर्फ सिंगापुर डलरको बिक्री ८७.३७ र खरिद ८६.९३ रुपैयाँ, १० जापानी येनको १०.६७ बिक्री र १०.६२ खरिद दर तोकिएको छ । यस्तै, साउदी अरेबियन रियालको बिक्री ३१.२३ रुपैयाँ तथा खरिद ३१.०७ रुपैयाँ कायम भएको बैंकले जनाएको छ ।

यस्तै, कतारी रियालको बिक्री दर ३२.१७ र खरिद दर ३२ रुपैयाँ, संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री ३१.८९ र खरिद दर ३१.७३ रुपैयाँ तथा मलेसियन रिंगटको बिक्री २८.२५ र खरिद २८.११ रुपैयाँ कायम भएको छ । यसैगरी, १०० कोरियन वनको बिक्री १०.१४ रुपैयाँ र खरिद १०.०८ र हङकङ डलरको बिक्री १५.०७ रुपैयाँमा हुँदा खरिद १५ रुपैयाँमा भइरहेको बैंकले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप