शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

बुधबार, २३ भदौ २०७८, १० : ५३
बुधबार, २३ भदौ २०७८

नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री दर ११७.७८ र खरिद दर ११७.१८ रुपैयाँ तोकेको छ । यसैगरी, एक यूरोको बिक्री १३९.८० र खरिद १३९.०९ रुपैयाँ तथा पाउण्ड स्टर्लिङको बिक्री १६२.४२ र खरिद १६१.५९ रुपैयाँ तोकिएको छ ।
यसका साथै, आजका लागि एक स्वीस फ्र्यांकको बिक्री दर १२८.८७ र खरिद दर १२८.२१ रुपैयाँ तथा अष्ट्रेलियन डलरको बिक्री दर ८७.११ र खरिद दर ८६.६७ रुपैयाँ कायम भएको छ । यसैगरी, केन्द्रीय बैंकले सिंगापुर डलरको बिक्री मूल्य ८७.५९ र खरिद मूल्य ८७.१४ रुपैयाँ तथा १० जापानी येनको बिक्री १०.७१ र खरिद दर १०.६६ तोकिएको छ ।

यता चिनियाँ युवानको बिक्री १८.२२ रुपैयाँमा भइरहँदा खरिद १८.३३ रुपैयाँ तोकिएको बैंकले जनाएको छ । यस्तै, साउदी रियालको बिक्री ३१.४० रुपैयाँ र खरिद ३१.२४ रुपैयाँ, कतारी रियालको बिक्री ३२.३५ र खरिद ३२.१८ तथा संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री दर ३२.०७ र खरिद ३१.९० रुपैयाँ कायम रहेको छ । यसैगरी, मलेसियन रिंगटको बिक्री २८.३४ रुपैयाँमा भइरहँदा २८.२० रुपैयाँमा बिक्री भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप