अस्ट्रेलियाबासी नेपालीद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
स्वर्णीम युग फाउन्डेसनले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री उपहार प्रदान गरेको छ । काठमाडौँको जयवागेश्वरीस्थित बाल सारथी एकेडेमीका ८० जना विद्यार्थीहरुलाई उक्त फाउन्डेसनले शैक्षिक सामाग्रीहरु प्रदान गरेको हो । सोमबार विहान एकेडेमीकै प्रांगणमा स्वर्णीम युगका पदाधिकारीहरुको उपस्थितिमा एक कार्यक्रमकाबीच प्रत्येक विद्यार्थीहरुलाई एक थान ब्याग, ५ थान कापी, एक प्याकेट पेन्सिल, टिफिन बक्स, वाटर बोटल, १० थान मास्क तथा स्यानिटाइजर हस्तान्तरण गरिएको हो ।
अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुबाट प्राप्त आर्थिक सहयोगले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको हो । स्वर्णीम युग फाउन्डेसनमार्फत यो अभियानमा अस्ट्रलियाबाट सहभागी केशव प्रसाद सापकोटा, अच्युत थपलिया, मोनि लिम्बू र कलम खड्काले शैक्षिक सामाग्री सहयोग गरेका हुन् ।
गैरआवासीय अभियन्ताहरुमध्ये केशव प्रसाद सापकोटा सफल व्यवसायी तथा समाजसेवी हुन् भने अच्युत थपलिया रियल स्टेट व्यवसायी र सामाजिक कार्यकर्ता हुन् । त्यस्तै, मोनि लिम्बू अस्ट्रेलियामा आधिकारिक आप्रवाशन परामर्श दाता र समाजसेवी हुन् । त्यस्तै, कलम खड्का युवा समाजसेवी हुन् । त्यसैगरी, नेपाल निवासी खेम लकाइ हस्पिटालिटी क्षेत्रको दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षालय सञ्चालक तथा समाजसेवी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपेश पुन फेरि पक्राउ, पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप