शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आजकाल तपाईंको घरमा पनि धेरै माकुरा देखिन्छन् ?

आइतबार, २७ भदौ २०७८, १४ : १६
आइतबार, २७ भदौ २०७८

हाल ‘स्पाइडर सिजन’ चलिरहेको छ । के हो यो स्पाइड सिजन भन्ने लागिरहेको होला । तपाईंले सायद याद गर्नुभएको होला कि, आजकाल तपाईंको घरमा साबिकको भन्दा धेरै माकुरा देखिन थालेका छन् ।

किट विज्ञानी, लेखक तथा स्व–घोषित ‘बगम्यान’ रिचर्ड जोन्स रेडियो १ न्यूजबीटलाई भन्छन्, ‘जसलाई हामी घरमा यताउती देख्छौं – यिनीहरु साधारणतयार घरेलु भाले माकुरा हुन् ।’

‘जसलाई तपाईं आफ्नो अगाडि दौडिरहेको देख्नुहुन्छ, जसले तपाईंलाई अचानक डराइदिन्छन्, ती मिलनका लागि जोडीको खोजीमा निस्किएका भाले माकुरा हुनसक्ने सम्भावना बढी छ ।’

‘उनीहरु एकै स्थानमा अल्छी गर्दै बस्ने पोथीको तुलनामा बढी सक्रिय हुन्छन् । र त्यसैकारण हामीले उनीहरुलाई यो समयमा सबैभन्दा बढी देख्छौं ।’

‘उनीहरु हाम्रो घरमा घुसपेठ गर्दैनन्’

हाउस स्पाइडर्स वा घरेलु माकुरा भूमध्यसागर वा उत्तरी अफ्रिकाबाट आउने प्रजातिको वंशज हो, र यसै कारण उनीहरु हाम्रो गर्मी, सुख्खा घरमा बस्ने गर्छन् । उनीहरु बगैंचामा जालो बनाउँदैनन् ।

उनीहरुलाई घरभित्रै आउन कुनै रुची छैन ।

रिचर्ड भन्छन्, ‘आजकाल बगैंचामा माकुरा असाध्यै ठूला र सफा देखिन्छन् तर उनीहरु खुल्लामा बस्ने जीव हुन् र उनीहरुलाई हाम्रो घरभित्र घुसपेठ गर्ने कुनै रुची हुँदैन । ’

उनी भन्छन्, ‘यदि कुनै घरेलु माकुरा वा ‘ड्याडी लङ लेग स्पाइडर’ तपाईंको झ्यालमा देखिन्छन् भने तपाईंका छिमेकीले आफ्नो घरबाट यसलाई लखेटेको हुनसक्ने सम्भावना बढी छ ।’

माकुराबारे भ्रम तथा यथार्थः

माकुराबारे विभिन्न भ्रम हुँदासमेत वास्तविकता यो हो कि हामी सुतिरहेका बेला माकुरा जानीजानी हाम्रो मुखमा चढ्न आउँदैनन्, उनीहरुले अण्डा पार्नका लागि मानिसको शरीर नै ताकेर बस्दैनन् र बेलायतका त धेरैजोि माकुराले चाहेर पनि तपाईंलाई टोक्न सक्दैनन् ।’

रिचर्ड भन्छन्, ‘तीमध्ये धेरैजसोले मानिसहरुलाई टोक्न सक्नेगरी मुख खोल्न सक्दैनन् ।’

‘यो कुनै मानिसहरुले बास्केटबल टोक्ने कोसिस गरेसरह हो ।’

‘र यदि माकुराले आफ्नो बङ्गरालाई त्यति चौडा पार्ने गरी खोल्न सकिहाले पनि उनीहरुको दाँत त्यति शक्तिशाली हुँदैन जसले छालाजस्तो कडा वस्तु छेड्न सकोस् ।’

यद्यपि, यसका अपवाद पनि छन् । तपाईंले सायद फाल्स विडो स्पाइडरबारे सुन्नुभएको होला जसले टोक्न सक्छ ।

तर उनीहरुले त्यतिबेला मात्रै हमला गर्छन् जब उनीहरुलाई असाध्यै धेरै रिस उठाइन्छ ।

उनीहरुले टोक्दैनन्ः

रिचर्ड भन्छन्, ‘उनीहरुले तपाईंलाई टोक्न सक्छन् तर त्यतिबेला मात्रै जब तपाईं यसलाई औंला र हत्केलाको बीचमा राखेर समात्नुहुन्छ ।’

‘यदि माकुरा तपाईंको शरीरमाथि बाट हिँडिरहेको छ वा तपाईंले यसलाई आफ्नो हातमा राख्नुभएको छ भने उनीहरुबाट खतरा छैन । उनीहरुमाथि हमला हुन लागेको भन्ने उनीहरुलाई लाग्दैन त्यसैले टोक्दैनन् ।’

यिनीहरु कम भेटिन्छन् तर यो लगभग पक्का छ कि हाम्रो घरमा– चाहे तपाईं सोफा मुनी जत्तिसुकै बढार्नुहोस् – घरेलु माकुरा प्रशस्तै पाइन्छन् जो अँध्यारो कुनाबाट बाहिर निस्किएर तपाईंको फर्निचर मुनी र प्लेट्समा माकुरा सेक्स गर्नका लागि प्रतीक्षामा छन् ।

रिचर्ड भन्छन्, ‘मलाई लाग्छ कि सबैभन्दा सफा, सबैभन्दा सानो घरमा पनि कम्तीमा २० देखि ४० माकुरा होलान् ।’

सायद धेरैजसो मानिसहरुका लागि यति माकुरासँग जुध्न सहज होला तर यदि तपाईं कुनै पुरानो जमानाको घरमा बस्नुहुन्छ भने त्यतिबेला सायद तपाईंको वरिपरि बस्ने आठ खुट्टा भएको पाहुनाको गन्ती हज्जारौंमा हुन सक्लान् ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप