इन्टर्नसिपको माग गर्दै चीनमा डाक्टर पढेकाहरु सडकमा, तस्बिरमा हेर्नुहोस्
चीनमा चिकित्साशास्त्र अध्ययन गरेर आएको लामो समय भइसक्दा पनि इन्टर्नसिप गर्न नपाएको भन्दै मङ्गलबार राजधानीमा प्रदर्शन भएको छ ।
एमबीबीएस कोर्स पूरा भए पनि आफूहरुले इन्टर्नसिप गर्न नपाएको उनीहरुको गुनासो छ । राजधानीको माइतीघरमा भेला भएका उनीहरुले विभिन्न नारा अङ्कित प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
चीनबाट एमबीबीएस पढेर आएको लामो समय भइसक्दा पनि केही सुनुवाइ नभएको भन्दै उनीहरुको आक्रोश थियो ।
उनीहरुले नेपाल मेडिकल काउन्सिलको इन्टर्नसिप नियमको बुँदा नम्बर ३ समेत ध्यानाकर्षण गराएका थिए ।
३ नम्बर बुँदामा ‘विदेशमा अध्ययन गरेर नेपालमा नै इन्टर्नसिप गर्नुपर्ने कुनै विशेष वा बाध्यात्मक परिस्थिति भएमा सो परिस्थितिको जानकारी दिँदै विद्यार्थीले आफू पढेको संस्था र नेपाल मेडिकल काउन्सिलको पूर्वस्वीकृति लिएर मात्र नेपाल भित्रका संस्थामा इन्टर्नसिप गर्न पाउनेछ । यस प्रकारको इन्टर्नसिप नेपाल मेडिकल काउन्सिलको नियमभित्र रहेर गर्नुपर्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु