दार्चुलाका बाढी पीडितलाई कर्मचारीको सहयोग
शुक्रबार, ०१ असोज २०७८, १५ : १०

दार्चुलाको दुहुँ गाउँपालिकाका बाढी पहिरो पीडितलाई नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले आर्थिक सहयोग गरेको छ ।
सुदूरपश्चिम प्रदेशमा कार्यरत माओवादी केन्द्र निकट कर्मचारीहरूले संगठित सदस्यबाट सहयोग संकलन गरी एक लाख एक हजार रुपैयाँ गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गरेको हो ।
गत भदौ १३ गते आएको बाढी पहिरोबाट दुहुँ गाउँपालिकास्थित बस्पालीमा तीन घर पुरिनुका साथै दर्जन बढी घरमा क्षति पुगेको थियो । पहिरोमा परेर स्थानीय नरसिंह महराको ज्यान जानुका साथै उनका श्रीमती कौशीदेवी महरा बेपत्ता भएकी थिइन् ।
पीडितलाई थोरै भएपनि राहत पुगोस् भनेर सहयोग गरेको नेपाल राष्ट्रिय कर्मचारी संगठनका प्रदेश इन्चार्ज तथा सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लेखा अधिकृत बलदेव कापडीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी बोकेको बस दुर्घटना, ६ जना घाइते
-
बागमती गोल्डकप : हानामीलाई हराउँदै एपीएफ विजय
-
सिनेट नराखे त्रिवि पदाधिकारीलाई प्रवेश निषेध गर्ने चेतावनी
-
प्रधानमन्त्री ओली कीर्तिपुर अस्पतालमा, कस्तो छ पौडेल र आचार्यको अवस्था ?
-
सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधा दिनुपर्ने मागसहित निजामती अस्पतालका कर्मचारी आन्दोलित
-
लुम्बिनी प्रदेशसभाबाट दुई विधेयक पारित