स्याङ्जा कांग्रेसमा टिकटको रडाको
स्याङ्जा –नेपाली कांग्रेस स्याङ्जामा नेता रामचन्द्र पौडेल पक्षले टिकट वितरणप्रति चरम असन्तुष्टि जनाएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले प्रदेश सभा सदस्यको टिकट अस्वीकार गरेपछि असन्तुष्टहरुको संख्या बढेको हो । गुरुङले छाडेकोे टिकट देउवा पक्षका तुलसी गिरीलाइ दिईएको छ । गुरुङलाई प्रतिनिधि सभा अन्र्तगत स्याङ्जा –१ को ‘ख’ बाट टिकट दिइएको थियो ।
वुधवार टुङ्गो लगाइएको टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै गुरुङले प्रदेश सभामा नउठ्ने वताएका थिए । एकनम्वर क्षेत्र प्रतिनिधि सभाका लागि आकांक्षी रहेका गुरुङलाई प्रदेश सभामा टिकट दिएपछि तिव्र असन्तुष्टि राख्दै अस्वीकार गरेका हुन् ।
दुई प्रतिनिधि सभा रहेको स्याङजामा नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्यमा एकमा राजु थापा र दुईमा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई उठाउने भएको छ । थापा एकबाट २०७० को निर्वाचनमा विजयी भएका थिए भने श्रेष्ठ समानुपातिक तर्फबाट उम्मेदवार भएका थिए ।
त्यस्तै कांग्रेसले प्रदेश सभामा एक ‘क’ मा कमल पंगेनी र ‘ख’मा तुल्सी गिरीलाई उम्मेदवार बनाएको छ । प्रतिनिधि सभाको दुईको ‘क’ मा बिष्णु पौडेल र ख मा भगतप्रकाश मल्ललाई टिकट दिइएको छ । स्याङजामा प्रतिनिधि तथा प्रदेश सभामा देउवा पक्षका उम्मेदवारलाई एकलौटी टिकट वितरण गरिएको भन्दै रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाएका छन् । पौडेल नजिकका खगेन्द्र रेग्मी ,भोजराज अर्याल र इश्वर खाँण तथा गगन थापाका नजिकका गुरु भट्टाराई टिकट वितरणप्रति असन्तुष्ट छन् ।
गोपालमान श्रेष्ठ देउवाका निकट हुन् भने राजु थापा खुम बहादुर खड्का पक्षका हुन् । प्रदेश सभामा उम्मेदवारको टिकट पाएका तुल्सी गिरी र विष्णु पौडेल पनि देउवा पक्षका हुन् । स्याङजा क्षेत्रनम्वर एकमा एमालेले नारायण मरासिनी र दुईमा पद्मा अर्याललाई उम्मेदवार निश्चित गरेको छ ।
तनँहुमा वाम गठवन्धनले पनि दुवै तहमा चयन गरेको छ । प्रदेश सभाका दुई क्षेत्र माओवादी केन्द्रलाई दिईएको छ भने माओवादी केन्द्रका दिपक चर्ती मगरलाई
प्रदेश क बाट उम्मेदवार बनाईएको छ भने ख मा एमालेका मीन प्रसाद गुरुङलाई उम्मेदवार बनाइएको छ । प्रदेश सभा अन्तर्गत दुईको क मा एमालेका मोहन रेग्मी छन् भने ख मा माओवादी केन्द्रका सुर्य प्रसाद गैह्रे ‘पारस’ उम्मेदवार बनेका छन् ।
एमालेबाट दुईको ख बाट आकांक्षी रहेका रामचन्द्र भट्राई र पुन्य भुषालले पनि टिकट वितरणप्रति असन्तुष्टि जनाएका छन् । त्यस क्षेत्रमा माओवादी केन्द्रका सुर्य प्रसाद गैह्रे ‘पारस’ उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण