शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

स्याङ्जा कांग्रेसमा टिकटको रडाको

बिहीबार, १६ कात्तिक २०७४, १२ : २४
बिहीबार, १६ कात्तिक २०७४

स्याङ्जा –नेपाली कांग्रेस स्याङ्जामा नेता रामचन्द्र पौडेल पक्षले टिकट वितरणप्रति चरम असन्तुष्टि जनाएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले प्रदेश सभा सदस्यको टिकट अस्वीकार गरेपछि असन्तुष्टहरुको संख्या बढेको हो । गुरुङले छाडेकोे टिकट देउवा पक्षका तुलसी गिरीलाइ दिईएको छ । गुरुङलाई प्रतिनिधि सभा अन्र्तगत स्याङ्जा –१ को ‘ख’ बाट टिकट दिइएको थियो । 

वुधवार टुङ्गो लगाइएको टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै गुरुङले प्रदेश सभामा नउठ्ने वताएका थिए । एकनम्वर क्षेत्र प्रतिनिधि सभाका लागि आकांक्षी रहेका गुरुङलाई प्रदेश सभामा टिकट दिएपछि तिव्र असन्तुष्टि राख्दै अस्वीकार गरेका हुन् । 

दुई प्रतिनिधि सभा रहेको स्याङजामा नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्यमा एकमा राजु थापा र दुईमा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई उठाउने भएको छ । थापा एकबाट २०७० को निर्वाचनमा विजयी भएका थिए भने श्रेष्ठ समानुपातिक तर्फबाट उम्मेदवार भएका थिए । 

त्यस्तै कांग्रेसले प्रदेश सभामा एक ‘क’ मा  कमल पंगेनी र ‘ख’मा  तुल्सी गिरीलाई उम्मेदवार बनाएको छ । प्रतिनिधि सभाको दुईको  ‘क’ मा बिष्णु पौडेल र ख मा भगतप्रकाश मल्ललाई टिकट दिइएको छ । स्याङजामा प्रतिनिधि तथा प्रदेश सभामा देउवा पक्षका उम्मेदवारलाई एकलौटी टिकट वितरण गरिएको भन्दै रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाएका छन् । पौडेल नजिकका खगेन्द्र रेग्मी ,भोजराज अर्याल र इश्वर खाँण तथा गगन थापाका नजिकका गुरु भट्टाराई टिकट वितरणप्रति असन्तुष्ट छन् । 

गोपालमान श्रेष्ठ देउवाका निकट हुन् भने राजु थापा खुम बहादुर खड्का पक्षका हुन् । प्रदेश सभामा उम्मेदवारको टिकट पाएका तुल्सी गिरी र विष्णु पौडेल पनि देउवा पक्षका हुन् । स्याङजा क्षेत्रनम्वर एकमा एमालेले  नारायण मरासिनी र दुईमा पद्मा अर्याललाई उम्मेदवार निश्चित गरेको छ । 
तनँहुमा वाम गठवन्धनले पनि दुवै तहमा चयन गरेको छ । प्रदेश सभाका दुई क्षेत्र माओवादी केन्द्रलाई दिईएको छ भने माओवादी केन्द्रका  दिपक चर्ती मगरलाई

प्रदेश क बाट उम्मेदवार बनाईएको छ भने ख मा एमालेका मीन प्रसाद गुरुङलाई उम्मेदवार बनाइएको छ । प्रदेश सभा अन्तर्गत दुईको क मा एमालेका मोहन रेग्मी छन् भने ख मा माओवादी केन्द्रका सुर्य प्रसाद गैह्रे ‘पारस’ उम्मेदवार बनेका छन् । 

एमालेबाट दुईको ख बाट आकांक्षी रहेका रामचन्द्र भट्राई र पुन्य भुषालले पनि टिकट वितरणप्रति असन्तुष्टि जनाएका छन् । त्यस क्षेत्रमा माओवादी केन्द्रका सुर्य प्रसाद गैह्रे ‘पारस’ उम्मेदवार छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप