भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६ महिनापछिकै सबैभन्दा थोरै
भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ६ महिना पछिकै सबैभन्दा कम भएको छ । सरकारी अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या तीन लाख एक हजार ९८९ पुगेको छ । यो सङ्ख्या १८६ दिन पछिकै सवैभन्दा काम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
भारतमा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पछिल्लो समय लगातार घट्दै गएको छ । दैनिक नयाँ सङ्क्रमितभन्दा दैनिक सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी हुदै गएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको हो ।
पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ९६४ जना नयाँ सङ्क्रमितहरु थपिएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
सोही अवधिमा ३४ हजार १६७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको देखिएको अधिकारीहरुले जनाएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल तीन करोड २७ लाख ८३ हजार ७४१ जना सङ्क्रमणमुक्त भएका छन् ।
भारतमा कोरोनाका कारण अहिलेसम्म चार लाख ४५ हजार ७६८ जनाको मृत्यु भएको छ । ती मध्ये ३८३ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको जनाइएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए