शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

र्‍यापर बिजेनको नयाँ गीत ‘मरे पछि’

आइतबार, १० असोज २०७८, १५ : २४
आइतबार, १० असोज २०७८

हिपहप गीतसंगीतमा चिनिएको नाम हो –यापर बिजेन नेपाली । यिनै नेपालीको नयाँ गीत ‘मरे पछि’ सार्वजनिक भएको छ । ‘हस त नमस्ते’, ‘लोकल सोकल’, ‘गाउँकी नानी’, ‘लिम्बु हो कि नेवार’ जस्ता गीतका गायक बिजेनले ‘मरे पछि’ गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । ‘दोस्रो लकडाउन पछि म रमाउन सकेको थिइनँ । त्यो बेला मनमा विभिन्न भावना उठिरहेको थियो । त्यही भावना समेट गीत ‘मरे पछि’ लेखेँ ’ गायक बिजेन भने ।

बिजेनका अनुसार गीतले व्यक्ति र उसको वरपर रहेको सम्बन्धको बारेमा बोलेको छ । जीवनमा स्थायी केही नभएका कारण मानिसले अनुशासनमा रहेर खुसी जीवन बिताउन सक्नुपर्छ भन्ने सन्देश गीतले दिएको छ । उनी गीतको प्रवर्द्धनका लागि नेपाल टुरको समेत तयारी गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप