शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखाका ११ पालिकामा नेतृत्व चयन, पाँच वटामा निर्वाचन

आइतबार, १० असोज २०७८, १९ : ०४
आइतबार, १० असोज २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत गोरखाका ११ वटै पालिकामा नेतृत्व चयन भएको छ । शनिबार भएको महाधिबेशनमा ६ वटा पालिकामा सर्वसम्मत र ५ वटामा निर्वाचनबाट नेतृत्व चयन गरिएको गोरखा काँग्रेसले जनाएका छ ।

गोरखा नगरपालिकाको सभापतिमा चन्दनबाबु खत्री निर्वाचित भएका छन् । सचिवमा सावित्रा थापा मगर र दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।पालुङ्टारको सभापतिमा बिमल ढकाल १ सय २३ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिशपर्धि अमर धितालले ५३ मत प्राप्त गरेका थिए । उपसभापतिमा सीताकुमारी अधिकारी र हरिप्रसाद भट्टराई निर्वाचित भएका छन् ।

सिरानचोकको सभापतिमा भक्तबहादुर गुरुङ ६८ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिशपर्धि ज्ञानेन्द्र गुरुङले ६२ मत प्राप्त गरेका थिए । त्यहाँ २३ मत बदर भएको थियो । उपसभापतिमा सुकमान गुरुङ, सरोज ढकाल, सचिवमा बलराम थापा र जगदीश ढकाल निर्वाचित भएका छन् । 

त्यस्तै भीमसेनथापा गाउँपालिकाको सभापतिमा नारायण भट्टराई १०९ मत पाएर विजयी भएका छन् ।प्रतिशपर्धि विदेश नरालले ५२ मत प्राप्त गरेका थिए । उपसभापतिमा नवराज अधिकारी, कृष्ण ढकाल, सचिवमा टलक गुरुङ र जीवनाथ पुडासैनी निर्वाचित भएका छन् ।

त्यस्तै आरुघाट गाउँपालिकाको सभापतिमा राजु गुरुङ, उपसभापतिमा कृष्णप्रसाद श्रेष्ठ, यमबहादुर कार्की, सचिवमा विशाल गुरुङ र एकदत्त खनाल चयन भएका छन् ।शहीद लखन गाउँपालिकाको सभापतिमा काशीनाथ अम्गाई, उपसभापतिमा ध्रुव पोखरेल,टेकबहादुर गुरुङ,सचिवमा चेतबहादुर थापा. र बासु रेग्मी चयन भएका छन् । 

बारपाक सुलीकोटको सभापतिमा जीतबहादुर घले, उपसभापतिमा दलबहादुर तामाङ,सुकबहादुर गुरुङ, सचिवमा नरहरि वाग्ले र धर्म भट्ट निर्वाचित भएका छन् ।

चुमनुब्री गाउँपालिकाको सभापतिमा सूर्य गुरुङ, उपाध्यक्षमा वीरबहादुर लामा, कल्यान छेवाङ लामा, सचिवमा सोनाम धार्के लामा र सोनाम लामा निर्वाचित भएका छन। 

धार्चे सन्तोष गुरुङ,उपसभापतिमा दीपक गुरुङ,आशबहादुर घले, सचिवमा वुद्धिराज गुरुङ र सागर गुरुङ सर्वसम्मत चयन भएका छन । त्यसैगरी अजिरकोटको सभापतिमा जंगबहादुर गुरुङ, सर्वसम्मत चयन भएका छन् ।
गण्डकीको सभापतिमा होमबहादुर राना,उपसभापतिमा नरबहादुर पाण्डे,अमृत नारायण श्रेष्ठ, सचिवमा कृष्ण सापकोटा र नवराज श्रेष्ठ चयन भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप